सम्पादकीय

​झुप्रा र छाप्रामा खै त दसैँ ?

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसै“ले सहर बजारलाई छपक्कै छोपेको छ । काठमाडांै उपत्यकासहित देशका प्रमुख ठूला सहरमा दसै“को रौनक छ, चहलपहल छ । हुनखानेहरू र शासनसत्तामा पुगेकाहरू आआफ्ना रहर पूरा गर्न सपिङको नाममा हजारौ“, लाखौ“ खर्च गरिरहेका छन् । तर, गाउ“घर सुनसान छन्, निम्न आय भएका श्रमजीवी मेहनतकश जनताका बस्ती र झुपडीमा दसै“ आएको छैन । सर्वहारावर्गको अधिनायकत्वको सपना देखाएर हिजो गरिएका हिंसाले आहत जनता… विस्तृत समाचार

​कति सहने कुशासन ?

सुशासन र जनसेवा जुनसुकै सरकारको प्राथमिकताको विषय हो । हरेक सरकारले आफ्नो मुख्य ध्यान जनतामा सुशासनको प्रत्याभूति गराउ“दै जनसेवामा लगाउने दावी गर्ने गर्छन् । तर, त्यस्ता सरकार औ“लामा मात्र गन्न सकिन्छ, जसले जनतालाई वास्तविक सुशासनको प्रत्याभूति गराएका छन् । २०५१ सालमा बनेको नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकार नेतृत्वको सरकार र त्यसको २१ वर्षपछि २०७३ असोजमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका… विस्तृत समाचार

​सरकारको राज्यआतंक कहिलेसम्म ?

देश सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार सरकारस“ग हुन्छ । सरकारका प्रमुख अर्थात प्रधानमन्त्रीलाई मुलुकको कार्यकारी हुन्छन् । सरकारले मुलुकको दैनिक प्रशासन चलाउने गर्छ भने शान्ति सुरक्षा कायम गर्ने, सुशासन कायम गराउने जिम्मा सरकारकै हुन्छ । त्यसैले सरकारलाई नागरिकले आफ्नो अभिभावक ठान्छन् । तर, यस्तो सरकार, जो आफ्ना नागरिकको चाहनाविपरीत जनघाती, हत्यारा, अपराधिलाई संरक्षण गर्ने काममा लाग्छ भने त्यस्तो राज्यआतंक मच्चाउने सरकारलाई के भन्ने ? वर्तमान सरकार… विस्तृत समाचार

​राष्ट्रपतिको चिन्ता

नेकपा माओवादीले चलाएको कथित जनयुद्धले दिएका घाउमा अझै खाटा बस्न सकेका छैनन् । २०५२ देखि २०६२ सालसम्म केही हिंस्रक व्यक्तिहरूले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न यो देशमा भीषण हिंसा मच्चाएका थिए । दश वर्षसम्म चलेको त्यो हिंसाले नेपाल आमाका कयौँ छोराछोरीको प्राण हरण गर्‍यो । हजारौँ टुहुरा भए, घाइते अपांग भए, वृद्धवृद्धाले सहारा गुमाए, अबोध बालबालिकाले अभिभावक र भविष्य गुमाए, लाखौँ विस्थापित भए । तत्कालीन… विस्तृत समाचार

सरकारको जनघात कति सहने ?

नेपाली जनतामाथि ठूलो विश्वासघात गर्दै नेकपा एमालेको सरकार ढाली कांग्रेसको बैशाखी टेकेर सत्ताको कुर्सीमा पुगेका पुष्पकमल दाहालले एकपछि अर्को जनघाती काम गर्न थालेका छन् । पछिल्लो समय उनी नेतृत्वको सरकार पूरक बजेट ल्याउने तयारी गर्दैछ । नेपालको इतिहासमै सबैभन्दा जनमुखी बजेट भनेर प्रशंसा गरिएको नेकपा एमाले नेतृत्वको सरकारको बजेटलाई प्रतिस्थापित गर्न माओवादी सरकारले पूरक बजेट ल्याउन लागेको हो । जनतालाई अझ बढी सुविधा दिन दाहाल… विस्तृत समाचार

​पुन:संरचनामा जुँगाको लडाइँ

स्थानीय निकायको पुन:संरचना गर्न गठित आयोगले स्थानीय प्राविधिक समितिलाई १५ दिन थप गरी दिएको म्याद भोलि बुधबार सकिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आयोजित सर्वदलीय बैठकको आग्रहअनुसार, भदौ १५ गतेसम्मका लागि प्राविधिक समितिलाई म्याद थपिएको थियो । तर, यो अवधिमा राजनीतिक नेतृत्व तहबाट आयोगको काममा सघाउ पुग्ने गरी कुनै ठोस सहमति जुटाउन सकेको छैन । र, आयोग पनि अलमलमा परेको छ । केन्द्रमा केही… विस्तृत समाचार

​एमालेको प्रतिपक्षी भूमिका

नौ महिना सरकारमा रहेर आमनेपालीमा सकारात्मक छाप छाडेको नेकपा एमाले अहिले आन्तरिक छलफलमा व्यस्त छ । सरकारमा छादाका कामकारवाहीको मूल्यांकन, स्थानीय निकायको निर्वाचन र पार्टीभित्रको कार्यविभाजनका सम्बन्धमा छलफल घनीभूत रूपमा भइरहेको छ । र, साउन ३० देखि जारी पार्टी स्थायी कमिटीको बैठकले सम्भवत: अब एमालेको प्रतिपक्षी भूमिका कसरी सशक्त, प्रभावकारी र जिम्मेवार बनाउने भन्नेमा स्पष्ट मार्गचित्र तय गर्नेछ, गर्नुपर्छ । पार्टीभित्रको एकता कायम राख्दै देशव्यापी… विस्तृत समाचार

चुलिँदो संकटमा एमालेको भूमिका

सरकार गठन भएको दुई साता बित्न लाग्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारलाई पूर्णता दिन सकेका छैनन् । कतिसम्म भन्ने आइतबार तेस्रो पटक सरकार विस्तार गर्दा पनि उनले प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका मन्त्रीलाई सपथ गराउन सकेनन् । कांग्रेस र माओवादीभित्र मन्त्री छान्ने विवाद उत्कर्षमा पुगेकाले दुवै ठूलो संकटमा पर्दै गएको देखिएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भागमा परेका मन्त्रालयका लागि बनिबुतो आइतबार… विस्तृत समाचार

कांग्रेस–माओवादीको आगामी बाटो

नयाँ सरकार गठन भएको साता दिन हुन लाग्दैछ । तर, नयाँ सरकारका गतिविधि सन्तोषजनक छैनन् । पहिलो गाँसमा ढुंगा लागेझैँ नयाँ सरकारका गतिविधिले आशाभन्दा आशंका र संशय बढाइदिएको छ । एमाले नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जस्तोसुकै सम्झौता गर्न तयार भएपछि जनतामा आशंका र संशय पैदा भएको हो । कांग्रेस र माओवादी यतिबेला मधेसवादी दलको काँधमा चढेर सिंहदरबार र बालुवाटारभित्र प्रवेश… विस्तृत समाचार

प्रधानमन्त्री ओलीले उठाएको स्वाभीमान

यतिबेला मुलुकको राजनीति बक्रीय चालमा हिँडिरहेको छ । अर्थात् उल्टो दिशामा गइरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको राष्ट्रवादी सरकार गिराएर विदेशी योजनामा पराधीन सरकार बनाउने षड्यन्त्र कारगर सिद्ध भएसँगै राजनीति बक्रीय चालमा अघि बढेको हो । त्यसले सम्भवत: बुधबार उत्कर्षता हासिल गर्नेछ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाजिम्पाटबाट बालुवाटार बसाइ सार्नेछन् । नौ महिनादेखि यो मुलुकमा रहेको राष्ट्रवादी… विस्तृत समाचार