सम्पादकीय

​वामपन्थी सहकार्यको अनिवार्यता

सात दशकदेखिको जनचाहना पूरा गर्दै गत असोज ३ गते नयाँ संविधान जारी भएपछि मुलुकले मूलत: राजनीतिक कार्यभार पूरा गर्‍यो । त्यसपछि मुलुकको कार्यभार बन्यो, संविधान कार्यान्वयन र आर्थिक समृद्धि । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पका पीडितलाई राहत तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, नवर्निर्माणको कार्य पनि सरकारको तत्कालीन प्राथमिकतामै थियो । यी प्रमुख तीन प्राथमिकता पूरा गर्ने उद्देश्यसहित असोज २४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा… विस्तृत समाचार

​मदन भण्डारीको अमरत्व

आज असार १४ अर्थात् जननेता मदन भण्डारीको जन्मदिन । २००९ सालमा ताप्लेजुङको ढुंगेसाँघु गाविस–८ ठोट्नेमा जन्मिएका उनी भौतिक रूपमा बाँचिरहेका भए आज ६४ वर्षका हुने थिए । तर, २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय गाडी दुर्घटनामा परेर उनको निधन भयो । नेकपा एमालेको महासचिव रहेका बखत उनले यो धर्तीबाट बिदा लिएको २३ वर्ष बितिसकेको छ । तै पनि आजसम्म उनको स्मरण भइरहेको छ… विस्तृत समाचार

​सहकार्य नभए दुर्घटनाको खतरा

नौ महिनादेखि बाँधिएको व्यवस्थापिका–संसद् कार्य सञ्चालन नियमावलीको गाँठो अन्तत: फुकेको छ । आइतबार बसेको संसद् बैठकले नियमावली पारित गरी १५ सदस्यीय सुनुवाई समिति गठनको बाटो खोलेको हो । लमो विवाद र अनिश्चिततापछि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच सहमति जुटेपछि बहुमतको आधारमा नियमावली पारित भयो । सुनुवाई समिति गठनको बाँटो खुलेसँगै लामो समयदेखिका संवैधानिक तथा कूटनीतिक निकायमा पदपूर्तिका अप्ठ्याराको पनि हल निस्किएको छ । सुनुवाई समिति… विस्तृत समाचार

बाबुरामको गलत बाटो

माओवादी परित्याग गरेको आठ महिनापछि डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा ‘नयाँ शक्ति नेपाल’ नामको राजनीतिक पार्टी गठन गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको पार्टीमा केही पूर्वमाओवादी, केही पूर्वप्रशासक, सुरक्षा निकायका केही पूर्वअधिकारी र विभिन्न समयमा विभिन्न पार्टी परित्याग गरेर स्वतन्त्र भई बसेका केहीलाई समेटेका छन् । दशरथ रंगशालामा ठूलै तामछामका साथ आयोजना गरिएको पार्टी घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले नयाँ राजनीतिक धारको पार्टी गठन गरिएको… विस्तृत समाचार

प्रचण्डले गर्नुपर्ने काम

सत्ता राजनीतिकेन्द्रित अभिव्यक्ति र गतिविधिले यतिबेला राजनीतिक वृत्तमा एउटा तरंग ल्याइदिएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा एउटा प्रमुख साझेदारको रूपमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरूका अभिव्यक्ति र गतिविधि यो तरंगको मुख्य कारण हुन् । उनीहरूका सन्देहपूर्ण अभिव्यक्ति र व्यवहारले सरकारको निर्दिष्ट लक्ष्यमा बाधा पुगिरहेको छ । आफैँ सहभागी सरकारको आयु आफैँ तोक्ने, सरकार परिवर्तनका गोप्य सम्झौता भन्दै मिडियाबाजी गर्ने काम अहिले माओवादी नेताहरूले गरिरहेका… विस्तृत समाचार

डरलाग्दो बन्दै भ्रष्टाचार

६ दिनअघि १३ माघमा ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वभर एकैपटक सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक (सीपीआई) मा नेपाल ‘१५औँ भ्रष्ट मुलुक’ देखिएको छ । प्रतिवेदनमा गतवर्षको तुलनामा केही सुधार देखिए पनि भ्रष्टाचार भने विकराल देखिएको छ । ‘करप्सन पर्सेप्सन्स इन्डेक्सभ २०१५’ मा नेपाललाई दक्षिण एसियामा बढी भ्रष्टाचार हुने तेस्रो मुलुक भनिएको छ । ‘भ्रष्टाचार मौलादो छ तर २०१५ मा केही आशा देखिएका छन्’ शीर्षकको रिपोर्टले अघिल्लो वर्षबाट… विस्तृत समाचार

मधेसी जनताको कार्यभार

अन्तत: व्यवस्थापिका–संसद्ले नयाँ संविधानको पहिलो संशोधन गर्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख दुई माग सम्बोधन गरेको छ । शनिबार राति अबेर बसेको संसद्को बैठकले अत्यधिक बहुमतसहित सरकारले र प्रमुख प्रतिपक्षी दलले संयुक्त रूपमा परिमार्जन गरेको संशोधन प्रस्तावलाई पारित गरेको हो । यससँगै पाँच महिनादेखि तराई–मधेसमा जारी आन्दोलनका दुई प्रमुख माग सम्बोधन भएको छ । आन्दोलनको अर्को प्रमुख मागका रूपमा रहेको सीमांकनको विवाद मिलाउन उच्चस्तरीय… विस्तृत समाचार

अव्यवस्थाको जगजगी

सिंगो देश तहसनहस हुने गरी पाँच महिनाभन्दा लामो समयदेखि भइरहेको तराई–मधेस आन्दोलन टुंगिने अवस्थामा पुगेको छ । प्रमुख सत्तापक्षीय दलहरू नेकपा एमाले र एकीकृत माओवादी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच जारी वार्ता निर्णायक मोडमा पुगेको छ । मंगलबारसम्ममा सहमति जुट्ने र पाँच महिनादेखिको गतिरोध अन्त्य हुने सम्भावना बढेको छ । यो सुखद समाचार आइरहँदा पनि जनता खुसी हुन सकेका… विस्तृत समाचार

परिणाममुखी वार्ताको आवश्यकता

तराई–मधेसमा जारी आन्दोलन पट्यारलाग्दो बनिसकेको छ । आन्दोलनकारी थाकेको जस्ता देखिन्छन्, तर आन्दोलन अन्त्यको घोषणा भएको छैन । सरकारसँग वार्ता चलिरहेको छ, तर त्यहाँबाट समाधान निस्किएको छैन । जसका कारण जनता झन्डै पाँच महिनादेखि कष्ट उठाइरहेका छन् । त्यही बहानामा भारतले लगाएको नाकाबन्दी अझै लम्बिरहेको छ । झन्डै पाँच महिनादेखि जारी आन्दोलनको समाधान नखोजिएको भने होइन । गत २४ असोजमा नयाँ सरकार गठन भएयता प्रधानमन्त्री… विस्तृत समाचार

सरकारबाट सुधारको अपेक्षा

२४ असोजमा नेकपा (एमाले)को नेतृत्वमा नयाँ सरकार गठन हुँदा जनतामा खुसीयाली छायो । खुसी यसर्थ पनि कि, त्यसको २१ दिनअघि मात्र जनताले संविधानसभाबाट नयाँ संविधान पाएका थिए । अर्थात सात दशकदेखिको चाहना पूरा भएको थियो । जनताले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा पाएका थिए । अझ उनको नेतृत्वमा देशका प्राय: सबै वामपन्थी सरकारमा सामेल हुँदै थिए । एमाले अध्यक्षका रुपमा केपी शर्मा ओलीले संविधान निर्माणमा… विस्तृत समाचार