सम्पादकीय

परिणाममुखी वार्ताको आवश्यकता

तराई–मधेसमा जारी आन्दोलन पट्यारलाग्दो बनिसकेको छ । आन्दोलनकारी थाकेको जस्ता देखिन्छन्, तर आन्दोलन अन्त्यको घोषणा भएको छैन । सरकारसँग वार्ता चलिरहेको छ, तर त्यहाँबाट समाधान निस्किएको छैन । जसका कारण जनता झन्डै पाँच महिनादेखि कष्ट उठाइरहेका छन् । त्यही बहानामा भारतले लगाएको नाकाबन्दी अझै लम्बिरहेको छ । झन्डै पाँच महिनादेखि जारी आन्दोलनको समाधान नखोजिएको भने होइन । गत २४ असोजमा नयाँ सरकार गठन भएयता प्रधानमन्त्री… विस्तृत समाचार

सरकारबाट सुधारको अपेक्षा

२४ असोजमा नेकपा (एमाले)को नेतृत्वमा नयाँ सरकार गठन हुँदा जनतामा खुसीयाली छायो । खुसी यसर्थ पनि कि, त्यसको २१ दिनअघि मात्र जनताले संविधानसभाबाट नयाँ संविधान पाएका थिए । अर्थात सात दशकदेखिको चाहना पूरा भएको थियो । जनताले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा पाएका थिए । अझ उनको नेतृत्वमा देशका प्राय: सबै वामपन्थी सरकारमा सामेल हुँदै थिए । एमाले अध्यक्षका रुपमा केपी शर्मा ओलीले संविधान निर्माणमा… विस्तृत समाचार

चुक्दै गएको ओली सरकार

नयाँ संविधान जारी भएको २१औँ दिन गठन भएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ७९ दिन पूरा गरेको छ । यो सरकार गठन हुँदा सिंगो देश र जनता ठूलो संकटमा थिए । एकातिर आफूले चुनेका प्रतिनिधिमार्फत संविधानसभाबाट संविधान बनाउने जनताको सात दशकदेखिको सपना साकार भएको खुसीयाली थियो, अर्कोतिर छिमेकीले आफ्नै पौरखमा संविधान बनाउँदा खुसी हुन नसकेको भारतले लगाएको नाकाबन्दीको कष्ट थियो । संविधानको विरोधमा आफ्नै… विस्तृत समाचार