खेल

आन्तरीक ब्याडमिन्टन प्रतिस्पर्धामा श्रेष्ठ र उलकको जोडी बिजयी

काठमाडौं, १४ फागुन ।  नरेफाँटस्थित चन्द्रसूर्य ब्याटमिन्टन क्लबले आयोजना गरेको प्रथम आन्तरिक ब्याटमिन्टन प्रतियोगितामा रामजी श्रेष्ठ र सुवास उलकको जोडी प्रथम भएको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा उनीहरुले राम कुमार श्रेष्ठ  र लोक बहादुर श्रेष्ठको जोडीलाई हराउदै उपाधी जितेका हुन् । फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो ।  त्यस्तै प्रतियोगितामा नरेन्द्र श्रेष्ठ र रोशन भट्टराईको जोडीले तृतीय स्थान हात पारेको छ ।… विस्तृत समाचार

​पाथिभरा भलिबलको उपािध पुलिसलाई

काठमाडौं, ८ फागुन । सर्वाधिक पुरस्कार राशिको दोस्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ ।  शनिबार भएको अन्तिम लिग खेलमा पुलिसले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।  भानु जन माविमा भएको खेलमा आर्मीले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । कुलबहादुर थापा र चन्द्रबहादुर कुँवरको उत्कृष्ट प्रदर्शनमा पुलिसले खेलमा पुनरागमन गर्दै लगातर दोस्रो र तेस्रो सेट… विस्तृत समाचार

​धाविका राईलाई सरकारले ३० लाखसहित सम्मान गर्ने

काठमाडौं, ६ फागुन । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाखसहित सम्मान गर्ने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए ।    राई टेलिभिजन च्यानल नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष… विस्तृत समाचार

दृष्टिविहीन खेलाडीको कीर्तिमान

काठमाडौं, २८ माघ । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो… विस्तृत समाचार

​दृष्टिविहीन क्रिकेटमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौँ, १८ माघ । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ ।  भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो ।  नेपालले निर्धा्रित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४… विस्तृत समाचार

​क्रिकेटमा आर्मी र पुलिसको जित

काठमाडौँ, २९ पुस । कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगितामा नेपाल आर्मी रोयल पिसी फाइटरलाई १० विकेटले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।  त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पिसी फाइटरले दिएको ४६ रनको चुनौतीलाई आर्मीले चार ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो । आर्मीको जितमा सागर पुनले ३६ रनको योगदान दिए भने सोमपाल कामीले अविजित ३ रन जोडे ।  त्यसअघि टस जितेर… विस्तृत समाचार

मीरा राई २८ लाख नगदसहित सम्मानित

दमक, २२ पुस । अल्ट्रा म्याराथनकी अन्तर्रा्ष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा रु २८ लाखसहित सम्मान गरिएको छ ।  अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्रा्ष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका आधा दर्जन संघसंस्थाले संयुक्तरुपमा राईलाई रु २८ लाख नगदसहितको सम्मान गरेको हो । दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद… विस्तृत समाचार

मीरालाई रु २८ लाखसहित सम्मान गरिने

दमक, १९ पुस । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा यही पुस २१ गते सम्मान गरिने भएको छ ।  अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल भएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले राईलाई रु २८ लाखसहितको सम्मान गर्न लागेका हुन् ।  स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान रकम… विस्तृत समाचार

​आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकपः सुनसरी विजयी

पाँचथर, १८ पुस । सदरमुकाम फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । सुनसरीको जितमा विदेशी सामसिङले ३० आँै र ६८ औँ मिनेटमा दुई गोल तथा ८३ औँ मिनेटमा पिटरले थप एक गोल गरेका थिए ।  प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक फिदिम स्पोर्टिङ… विस्तृत समाचार

खेलमा मिलेमतो गरे राज्यविरुद्ध अपराध

काठमाडौं, १७ पुस । राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुनेगरी कानुन प्रस्ताव गरिएको छ । खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मान्नेगरी कानुनी व्यवस्था हुन लागेको हो ।  स्पष्ट कानुनी आधारबिना पछिल्लो पटक फुटबलका चार खेलाडीलाई राज्य विप्लव मुद्दा दायर गरिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।  मुलुकी ऐन प्रतिस्थापनका लागि संसद््को विधायन समिति विचाराधीन… विस्तृत समाचार