खेल

​नेपालका सडक बालकहरू पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै

काठमाडौँ । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनि किरण सु म्यानुफ्याक्चरर्सले आगामी २०७५ बैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालक विश्वकप फुटबल २०१८ मा नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ । नेपाली सडक बालकहरूको टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो ।  सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था… विस्तृत समाचार

विश्वकप छनोटमा नेपालको तेस्रो हार

काठमाडौं, २६ फागुन  आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिवार भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन… विस्तृत समाचार

​विश्व कीर्तिमानी कराते खेलाडी ठकुरीलाई अर्को विश्व कीर्तिमान प्राप्त

विजय थापा, २२ फागुन । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपालीमूलका विश्व कीर्तिमानी ठकुरीलाई अर्को विश्व कीर्तिमान प्राप्त भएको छ । उनले आफैले बनाएको कीर्तिमानलाई आफैँले तोड्दै छोटो समयभित्र पुनः दोश्रो पटक गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।  उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ तारिखका दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी ) मा विश्व किर्तिमान गरेका थिए । उनले अर्को किर्तिमान अमेरिकाको… विस्तृत समाचार

नेपाल जिम्बाब्वेसँग पराजित

काठमाडौं, २० फागुन ।  आइसिसी विश्वकप छनोटअन्तर्गत आइतवार भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनको भारिलो अन्तरले पराजित भएको छ ।  ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सफल भएको थियो । टेष्ट मन्यताप्राप्त राष्ट्रसँग नेपालको खेल चुनौतिपूर्णै मानिदै आएको थियो । नभन्दै आईतवार नेपाली क्रिकेट खेलप्रेमीहरुलाई निराश पार्दै पराजित हुन पुगकोे हो ।  जिम्बाब्वेस्थित… विस्तृत समाचार

सन्दीप लामिछाने ग्रिस गेलको टिममा

काठमाडौं, १८ फागुन।  नेपालका स्पीनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा पनि छनोट भएका छन्। उनलाई  सिपीएलमा सेन्ट किट्स एण्ड नेभीस प्याट्रियटस् टिमले लिएको छ।   बिहीबार  लन्डनमा भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा टोलीमा राखेको हो। सो टिममा क्रिस गेल लगायत विश्वका चर्चित खेलाडीहरु छन्। सन्दीपलाई लिन पाएकोमा प्याट्रियटस्ले ट्वीटर तथा इन्टाग्रामार्फत खुशी व्यक्त गरेको छ।  सन्दीपलाई इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले… विस्तृत समाचार

​दश वर्षमा पनि पूरा भएन रंगशाला निर्माण

पाँचथर, १६ फागुन । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।  विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो ।  निर्माणका लागि अहिलेसम्म तत्कालीन जिल्ला विकास समिति, गाविसका… विस्तृत समाचार

क्रिकेटर पारस र सन्दीप सानिमा बैंकद्वारा सम्मानित

काठमाडौं, ११ फागुन । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई सानिमा बैंकले सम्मान गरेको छ । बैंकले ०७३ देखि लामिछानेलाई प्रायोजन (खेल छात्रवृत्ति प्रदान) गर्दै आएको छ । कार्यक्रममा बंैकका ब्रान्ड प्रवद्र्घकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पारस र सन्दीपलाई सम्मानसहित सानिमाका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकले… विस्तृत समाचार

अन्तरनगर मेयर कप भलिबलमा सूर्यविनायक च्याम्पियन

भक्तपुर, ९ फागुन । भक्तपुरको सूर्यविनायक नगरपालिका भक्तपुरमा मंगलबार सम्पन्न अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सूर्यविनायक नगरपालिकाले  कैलालीको गोदावरी नपालाई ३—१ सेटमा पन्छायो । सूर्यविनायकले २३–२५, २५–२३, २५–२३, २५–१५ को जित निकालेको थियो । उपाधिसँगै सूर्यविनायकले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलालीको गोदावरी नपाले ७५ हजार रुपैयाँमा… विस्तृत समाचार

करन केसी चम्किएपछि नेपाल डिभिजन एकमा बढुवा

काठमाडौं, २ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडाको सनसनीपूर्ण तरिकाले हराउँदै डिभिजन एकमा बढुवा भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले उत्कृष्ट प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालले जित्न सफल भएको हो ।  यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्नुका साथै विश्वकप एक दिवसीको छनोट खेल्ने मौकासमेत… विस्तृत समाचार

क्यानाडालाई जित्नै पर्दै दवावमा नेपाल

काठमाडौं, २ फागुन । जित्नैपर्ने दवावपूर्ण खेलमा सोचेभन्दा न्यून प्रदर्शन गर्दै आएको नेपाल आज अर्को त्यस्तै दवावको सामना गर्दैछ । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित हासिल गर्नै पर्ने दवावका साथ मैदानमा उत्रदैछ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज बुधवार दिउँसो खेल नेपाली समयअनुसार १ः१५ बजे… विस्तृत समाचार