खेल

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीलाई

  खोटाङ, २३ जेठ । खोटाङको दिक्तेलमा आयोजित ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरीले जितेको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा सात स्वर्ण र दुई रजतसहित सशस्त्र प्रहरीले उपाधि जितेको हो ।  प्रतियोगितामा चार स्वर्ण, दुई रजत र तीन कास्यसहित त्रिभुवन आर्मी क्लबले दोस्रो तथा तीन स्वर्ण र ११ कास्यसहित भुटान तेस्रो भएका छन्… विस्तृत समाचार

आईपीएल उपाधिका लागि बेंग्लोर र हैदरावाद भिड्ने

नयाँदिल्ली, १६ जेठ इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच आइतबार प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा कप्तान डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि हैदारबादले गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा बेंग्लोरसँगको भेट पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ७ विकेट गुमाएर १ सय ६२ रन जोड्यो । १ सय ६३… विस्तृत समाचार

साउन २९ मा नेपाल र नेदरल्यान्ड भिडने

काठमाडौं, १५ वैशाख । विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिता अन्तर्गत चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते हुने भएको छ । विश्व क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेदरल्यान्डसाग उसकै घरेलु मैदानमा आगामी साउन २९ र ३१ गते खेल्न लागेको हो । यदि नेपाल क्रिकेट सङ्घ (क्यान)मा चरम विवाद नभएको… विस्तृत समाचार

बक्सिङको निर्वाचनमा किन बाधन बन्दैछ खेलकुद परिषद ?

काठमाडौंं, नेपाल बक्सिङ संघको २५ वैशाखमा तय भएको निर्वाचन नहुने भएको छ । बक्सिङ संघले निर्वाचन गर्नका लागि मागेको स्वीकृतिमा राष्ट्रिय खेलकुद परिषद्ले राय बुझ्ने प्रक्रिया लम्बिएपछि निर्वाचन नहुने भएको हो । कुनै पनि संघले निर्वाचन गर्न २१ दिनअघि सार्वजनिक सूचना निकाल्नुपर्छ । तर, अग्रिम सूचना निकाल्न नमिल्ने भएपछि बक्सिङ संघको निर्वाचन नहुने पक्का भएको हो । बक्सिङ संघले निर्वाचन गर्न परिषद्मा दुईपटक निवेदन दर्ता… विस्तृत समाचार

नामिबियालाई जित्नेमा बिश्वस्त छौं–जगत टमटा, प्रशिक्षक, नेपाली क्रिकेट टोली

पहिलोपटक सिनियर टोलीलाई मैदानमा उतार्दै हुनुहुन्छ, कस्तो लाग्दै छ ? २० वर्षको क्रिकेट करिअरमा जुनियर र सिनियर टिमको सहायक प्रशिक्षक भएर मैले काम गरेँ । पछिल्लो समय यू–१९ र यू–१६ को मुख्य प्रशिक्षक रहेँ । मैले पहिलोपटक सिनियर टिमलाई ह्यान्डलिङ गर्दै छु । पछिल्लो समय सिनियर टोलीको प्रदर्शन राम्रो हुन सकेको छैन । मुख्य प्रशिक्षकका रूपमा नामिबियासँगको खेल चुनौतीका रूपमा छ । नेपालमा लामो समयदेखि… विस्तृत समाचार

नेपाल Vs नामिबिया क्रिकेट म्याच तयारी पूरा, सकियाे शनिबारकाे टिकट

काठमाडाैं, ३ वैशाख । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र नामिबियाबीच शनिबार हुने विश्व क्रिकेट लिग च्याम्पिनशिपको तयारी पूरा भएकाे छ । शनिबारका लागि १० हजार टिकट विक्री गरे पछि शुक्रबार साँझ नै टिकट बिक्री बन् गरिएकाे छ । मैदानकाे दर्शक क्षमता १५ हजार भए पनि दर्शकलाई मैदानमा व्यवस्थित हिसाबले राख्न टिकट बन्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ । यसैबीच नेपाल… विस्तृत समाचार

राष्ट्रिय टोलीबाट किन बाहिरिए सुवास र सिद्धान्त ?

काठमाडौं, २६ चैत । आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल)अन्तर्गत नामिबियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । टोलीबाट केही अनुभवी खेलाडी बाहिरिएका छन् भने तीन जना नयाँ खेलाडी थपिएका छन् । नेपाली टिमका ब्याट्म्यान तथा विकेटकिपर सुवास खकुरेल १४ सदस्यीय टिममा पर्न सकेनन् । तर पछिल्ला कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न नसकेका बिनोद भण्डारी भने टिममा छन् । विगत पाँच वर्षदेखि… विस्तृत समाचार