कुराकानी

​बोल्दाबोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइने

काठमाडौं, १० चैत । बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ ।  बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको… विस्तृत समाचार

विनोद चौधरीको सम्पत्ति २० अर्ब थपियो

काठमाडौं, ९ चैत । नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ थपिएको छ । उनको सम्पत्ति १.३ बिलियन अमेरिकी डलर (एक खर्ब ३० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१७ का विश्वका अर्बपतिको सूचीमा उनी १० स्थान माथि उक्लिएर १५६७ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी एक अर्ब १० करोड डलर सम्पत्तिसहित १५७७ औं स्थानमा… विस्तृत समाचार

​गोल्छालाई ६५ जिल्लाको समर्थन

काठमाडौं, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघलाई गुटमुक्त संगठनको रुपमा अगाडि बढाउने उद्देश्यले विधान संशोधन गरिए पनि महासंघभित्रको अवस्था ‘हात्ती छि¥यो, पुच्छर अड्कियो’ भनेझै भएको छ । संशोधित विधानले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बन्ने बाटो खोले पनि वरिष्ठ उपाध्यक्षका लागि भने कडा प्रतिस्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यी दुई उम्मेदवारसँगसँगै… विस्तृत समाचार

महासंघमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा

काठमाडौं, ७ चैत । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा अन्ततः दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । गत कात्तिकमा भएको विधान संशोधनले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरे पनि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि व्यवसायीहरू प्यानल बनाएरै निर्वाचनमा जाने भएका छन् । कारोबार दैनिकमा खबर छ । वरिष्ठ उपाध्यक्षका लागि हालका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एसोसिएट उपाध्यक्ष शेखर… विस्तृत समाचार

​एउटा मात्रै बिक्यो चिनियाँ अनुदानको चुलो

काठमाडौं, ७ चैत । चिनियाँ सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो डेढ वर्षमा एउटा मात्रै बिक्री भएको छ । भारतीय नाकाबन्दीका बेला अनुदानमा आयातित चुलोको उचित व्यवस्थापन नहुँदा बिक्री हुन नसकेको हो । नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि डेढ वर्ष बित्न… विस्तृत समाचार

​केरुङ नाकामा १० अर्बका सामान अलपत्र

काठमाडौं, ६ चैत । नेपाल भित्रन लागेका सामान भन्सार कर्मचारीको अवरोधका कारण डेढ महिनादेखि रसुवाको केरुङ नाकामै अलपत्र परेका छन् । भन्सार विभागका कर्मचारीको सरुवा बिबादमा तानिएसँगै भन्सार मुल्यांकनमा समस्या हुँदा १० अर्ब रूपैयाँभन्दा बढीका सामान केरुङमै अलपत्र परेका हुन् । कारोबार दैनिकमा खबर छ । जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङ अवरुद्ध हुँदा व्यवसायीलाई… विस्तृत समाचार

​सभामुखको सचिवालयमा रोकियो बाफिया

काठमाडौं, ६ चैत । संसद्बाट पारित भएको बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) अझै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको छैन ।  यो बहुचर्चित विधेयक आनुसाङ्गिक सुधारमा विवाद भएपछि संसद् सचिवालयमा नै अड्किएको छ ।  संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भए पनि विधेयक साढे दुई महिनादेखि अध्ययनका क्रममा भन्दै रोकिएको छ । गोरखापत्र दैनिकमा खबर छ । संसद्को पुस २६… विस्तृत समाचार

​एयरलान्स व्यापारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्छ- विजय श्रेष्ठ, उपाध्यक्ष, हिमालय एयरलायन्स

नेपाललाई २९ वटा हवाई कम्पनीहरुले विदेशका विभिन्न गन्तव्यलाई काठमाडौँसँग जोडेका छन् । तीमध्ये २६ वटा अन्तर्राष्ट्रिय कम्पनी छन् भने तीनवटा मात्र नेपाली कम्पनीको उपस्थिति अन्तर्राष्ट्रिय आकाशमा छ । नेपाली कम्पनीहरु नेपाल वायु सेवा निगम (नेवानि), हिमालय एयरलाइन्स र बुद्ध एयर मात्र हुन्, जसले विदेशका गन्तव्यसँग काठमाडौँलाई जोडेका छन् । यात्री संख्याको आधारमा हेर्दा विदेशी कम्पनीहरुले ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् ।  कुनै समय यस्तो… विस्तृत समाचार

​कहाँ पुग्यो बैंकहरूको चुक्ता पुँजी वृद्धि योजना ?

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷०७३ को मौद्रिक नीति मार्फत् घोषणा गरेको बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी चार गुणाले वृद्धि गर्नुपर्ने योजना बैंकहरूलाई तोकिएको म्याद चालु आर्थिक वर्षसम्म हो । चालु आर्थिक वर्ष समाप्त हुन अब चार महिना मात्र बाँकी रहेको छ । यस्तो अवस्थामा विशेषगरी वाणिज्य बैंकहरूले केन्द्रीय बैंकको निर्देशन मुताविक आफ्नो कम्पनीको चुक्ता पुँजी बढाउने योजनालाई कहाँ र… विस्तृत समाचार

‘एनसेलको कर किन उठेन ?’

काठमाडौं, १ चैत । महालेखापरीक्षकको कार्यालयले एनसेल बिक्रीको पुँजीगत लाभकर असुल नगरे बेरुजु कायम गरिदिने चेतावनी ठूला करदाता कार्यालयलाई दिएको छ । अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिइएको पत्रमार्फत महालेखापरीक्षक कार्यालयले कर असुल नगर्नुको कारण तथा प्रमाणसमेत पेस गर्न भनेको छ । कान्तिपुर दैनिकमा खबर छ । गत साताको मन्त्रिपरिषद् बैठकले कर अधिकृतको कार्यक्षेत्र खोसी बिक्रेता टेलियासोनेराले लाभकर तिर्नुपर्ने निर्णय गरिदिएको थियो । त्यसको भोलिपल्टै महालखा… विस्तृत समाचार