कुराकानी

भारु नोटबन्दीले सुन तस्करी बढ्यो

काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । नगद राख्दा जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छन् । सोही कारण भारतीय बजारमा सुनको माग बढ्न थालेपछि नेपाल हुँदै त्यहाँ सुन तस्करी हुन थालेको छ । ’भारतमा सुन पठाउन नेपालका तस्कर… विस्तृत समाचार

​सुन तस्करीबारे महराले भने, ‘म त भुरा माछा हुँ’

काठमाडौं, १ माघ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरा मात्रै भएको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नुभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा । त्यो समय क्रममा बाहिर आउँछ… विस्तृत समाचार

फागुन १२ देखि पाल्पा महोत्सव

पाल्पा, २९ पुस । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आउँदो फागुनमा पाल्पा महोत्सव हुने भएको छ ।  पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही फागुन १२ देखि २२ गतेसम्म पाल्पा महोत्सवका लागि विभिन्न उपसमिति गठन भएका छन् । ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ भन्ने मूलनाराका साथ तानसेनको टुँडिखेलमा महोत्सव हुने भएको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।… विस्तृत समाचार

​सरकारी खातामा २ खर्ब, बजारमा चरम अभाव

काठमाडौं, २९ पुस । सरकारी खातामा अहिले करिब २ खर्ब रुपैयाँ थन्किएको छ । वित्तीय प्रणालीमा भने लगानी गर्ने रकमको चर्को अभाव छ । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले समाचार लेखेका छन् । चालु आर्थिक वर्षमा २ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चने लक्ष्य भए पनि बुधबारसम्म १०.७३ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्षको आधा समय सकिँदा पनि करिब ८९ प्रतिशत विकास त्यत्तिकै थन्किएको… विस्तृत समाचार

सहकारीका ज्येष्ठ सदस्यलाई मासिक पेन्सन

कृष्ण दर्नाल  पाल्पा, २८ पुस । पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० स्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यका लागि मासिक पेन्सनको वितरण गर्न थालेको छ । सहकारीले यसरी ज्येष्ठ सदस्यलाई पेन्सन वितरण गरेको जिल्लामै पहिलो हो ।    सहकारीले ७० वर्षदेखि माथिका वृद्धवद्धालाई मासिक पेन्सन वितरण गर्दै आएपछि ज्येष्ठ सेयर सदस्य खुसी छन् । रामपुर नगरपालिका–११ का नुरप्रसाद पोखरेलले गत १२ महिनाको ६… विस्तृत समाचार

बाफियामा गोप्य चलखेल

काठमाडौं, २८ पुस । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा ‘गोप्य रूपमा’ समावेश गरिएको कार्यकारी अध्यक्ष र सञ्चालकको कार्यकालसम्बन्धी व्यवस्थाले वित्तीय जोखिम बढाउने भएको छ ।  मंगलबार पारित बाफियामा ‘ऐन कार्यान्वयन भएपछि कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक लगातार दुई कार्यकालसम्म मात्र रहन सक्ने’ उल्लेख छ । तर विधेयक पास हुने अन्तिम समयमा आएर अध्यक्षका अगाडि ‘कार्यकारी’ शब्द राखिएको छ भने ‘बढीमा दुई कार्यकाल’ हुनुपर्नेमा… विस्तृत समाचार

​अतिरिक्त सुविधा दिँदा वार्षिक ४० करोड भार

काठमाडौं, २७ पुस । नेपाल आयल निगमले कर्मचारीलाई मुनाफा नबाँड्ने घोषणा गरे पनि यातायात खर्च भन्दै पुनः अतिरिक्त रकम बाँड्ने तयारी अघि बढाएको छ । निगम घाटामा हुँदा बोनस वितरण गरेपछि चौतर्फी विरोधमा रहेको निगमले फेरि कर्मचारीलाई यातायात सुविधाबापत थप सुविधा दिने प्रक्रिया अघि बढाएको हो । कारोबार दैनिकमा खबर छ । निगम बिनियमावलीमा यातायात सुविधा पाउने व्यवस्था भएको भन्दै निगम कर्मचारीलाई मासिक प्रतिव्यक्ति चार… विस्तृत समाचार

‘सुन तस्करी राष्ट्रिय लज्जा’

काठमाडौं, २७ पुस । विमानस्थल सुरक्षा घेरा पार गर्दै गत बिहीबार बाहिरिएको ३३ किलो अवैध सुन बरामद भएको घटनालाई उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय लज्जा भनेका छन् । संसदको अर्थ समितिको बैठकमा मंगलबार महराले सुन तस्करीमा ठूलै संगठित गिरोहको सञ्जाल रहेको बताए । ‘यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको छ,’ उनले भने । मन्त्री महराले तस्करीको घटनामा अर्थ र गृह दुवै मन्त्रालयले दोषी… विस्तृत समाचार

किसानलाई २५ सय पेन्सन

काठमाडौं, २६ पुस । सरकारले चालू आर्थिक वर्ष ०७३÷७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ । कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरि प्रतिवेदन तयार गरिसकेको छ । अध्ययनको जिम्मा पाएको नेपाल वैकल्पिक अध्ययन समाजले प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण… विस्तृत समाचार

कोल्डस्टोरमा शतप्रतिशत ब्याज अनुदान

काठमाडौं, २५ पुस । सरकारले शीतभण्डार (कोल्डस्टोर) र खाद्यान्न भण्डारणस्थल निर्माणका लागि शतप्रतिशत ब्याज अनुदान उपलब्ध गराउने भएको छ । कृषि उपजको भण्डारण सुविधा नहुँदा कृषकको उत्पादनले मूल्य नपाएको भन्दै कृषक तथा कृषि उद्यमीलाई प्रोत्साहन गर्न यससम्बन्धी प्रक्रिया अगाडि बढाइएको हो । कारोबार दैनिकमा खबर छ । कृषि विकास मन्त्रालयले सरोकारवाला निकायसँगको समन्वयमा तयार गरेको ‘शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि ब्याज अनुदान… विस्तृत समाचार