कुराकानी

​लागू भएन ब्याजदर करिडोर

काठमाडौं, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने उद्घोष गरेको ब्याजदर करिडोर हालसम्म लागू भएको छैन । बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूस“ग लिने र निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजदरमा देखिने उतार चढावलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले उक्त व्यवस्था गर्ने बताएको थियो । ब्याजदर करिडोर लागू नभएको कारण यतिखेर बैंक तथा वित्तीय संस्थाहरूमा लिने र दिने ब्याजदरमा ठूलो अन्तर देखिएको छ । नेपाल… विस्तृत समाचार

​हिमालयन बैंकमा जग्गा काण्ड : राष्ट्र बैंकको रहस्यमय मौनता

काठमाडौं, २१ कात्तिक । निजी क्षेत्रको बैंकले अर्बौअर्ब मुनाफा कमाइरहेको बेला निजी क्षेत्रमा स्थापित पहिलो हिमालयन बैंक भने राष्ट्र बैंकले तोकेको अवधिमा आठ अर्ब पनि पु¥याउन नसक्ने अवस्थामा पुगेको छ । गत कात्तिक १४ गते बसेको बैंकको ३४९ औँ सञ्चालक समितिको बैठकले आठ अर्ब चुक्तापुँजी पु¥याउन शेयरधनीलाई २५ प्रतिशत शेयर दिन बाध्य भएको छ । बैंकका साधारण शेयरधनीहरुले अन्य बैंकबाट १५ प्रतिशतसम्मको नगद लाभांश पाइरहेको… विस्तृत समाचार

​एनआईसी एसिया प्रकरण : बैंकहरूमा बढ्यो प्रविधिको जोखिम

काठमाडौं, १४ कात्तिक । प्रविधिमा भित्रिएको आधुनिकतासँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ प्रविधिको प्रयोग गरेका छन् । प्रविधिले कार्यसञ्चालनमा सहजतासँगै जोखिम पनि बढाइदिएको छ । तर, परम्परागत कारोबार पद्दतीलाई बिस्तारै प्रतिस्थापन गरेका नेपाली बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो केही समयदेखि सञ्चालन एवम् प्रविधिको जोखिम निकै बढेको पाइएको छ । एटीएम मेशिनबाट अनधिकृत तवरले नगद निकाल्ने गिरोहदेखि पछिल्लो दिनमा निकै सुरक्षित मानिएको स्वीफ्ट प्रणालीलाई नै… विस्तृत समाचार

​भन्सारका हाकिमको चतुरता

काठमाडौं, १४ कात्तिक । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय चरम बदनाम भइरहेको छ । भन्सारबाट सेटिङमा करोडौंको तस्करी भइरहेको छ । भन्सारको घुसले देशको सुरक्षामै खतरा उत्पन्न भएको अवस्था छ ।  विमानस्थलबाट सजिलै चिम्पान्जी तस्करी भइरहेको खुलेपछि एयरपोर्टको सुरक्षा अवस्था नांगिएको छ । त्यही एयरपोर्टको भन्सार कार्यालय हो जहाँबाट साढे ३३ किलो सुन पनि सजिलै छिरेको थियो । त्यो पनि दुई वर्षदेखि सेटिङका आधारमा सुन… विस्तृत समाचार

​दोहोरो नीति हटाउने प्रक्रियामा राष्ट्र बैंक

काठमाडौं, ३१ असोज । नेपाल राष्ट्र बैंकका कर्मचारीको दोहोरो अवकाश नीतिमा संशोधन भएको छ । दशैंअघि बसेको बैंकको सञ्चालक समिति बैठकले कर्मचारीको विद्यमान दोहोरो अवकाश नीतिलाई समयानुकूल बनाउन लोकसेवा आयोगले दिएको निर्देशन बमोजिम ३० वर्षे सेवा अवधिको सट्टा ५८ वर्षको उमेरको आधारमा मात्र अवकाश हुने व्यवस्था गरिएको बैंकको उच्च स्रोतले बताएको छ । सक्षम र अनुभवी कर्मचारीको चरम अभावमा केन्द्रीय बैंकको कामकारबाही नै प्रभावित भएपछि… विस्तृत समाचार

​राष्ट्र बैंकमा नयाँ कर्मचारीको हाउगुजी

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकमा प्रायः दशैंअघि नयाँ नोटको लागि सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको छ । यो वर्षपनि त्यो विगतले निरन्तरता पाएको छ । तर, यसपटक नेपाल राष्ट्र बैंकमा नयाँ नोटसँगै नयाँ कर्मचारीको हाउगुजी पनि थपिएको छ । कर्मचारीको सेवा निवृत्त हुने आधारलाई नेपाल सरकारले झैं एकरूपता दिने उद्देश्यका साथ बैंक व्यवस्थापनले कर्मचारी सेवा विनियमावली संशोधनको प्रक्रिया प्रारम्भ गरेपछि उक्त हाउगुजीलाई गोयबल्स… विस्तृत समाचार

​जनताको सेवामा ५५ वर्ष

काठमाडौं, ३ असोज । साल्ट ट्रेडिङ कर्पोरेसनको ५५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि प्रेमकुमार राईले अन्य सरकारी संस्थान धरासायी भएर गएको अवस्थामा साल्ट ट्रेडिङले भने उदाहरणीय काम गरेर जनताको सेवामा समर्पित भएको बताउनुभयो । राईले सातै प्रदेशका जनतालाई शूपथ मूल्यमा खाद्यान्नलगायतका वस्तु उपलब्ध गराउनेतर्फ पनि ध्यान दिन सुझाव दिनुभयो । साल्ट ट्रेडिङ सरकारी र निजी क्षेत्रको साझेदारी संस्था भएकोले सरकारले पनि साल्ट ट्रेडिङबाट धेरै… विस्तृत समाचार

​प्रोजेक्ट लोन : चुनौती र अवसर

पार्वती धरेल, काठमाडौं, २७ भदौं । निजी क्षेत्रले लामो समयदेखि परियोजना धितोमा ऋण (प्रोजेक्ट फाइनान्सिङ) को कुरा उठाउँदै आएपनि नेपाली बैंक तथा वित्तीय संस्थाहरु प्रोजेक्ट फाइनान्सिङतर्फ खुलेर अघि बढ्न सकेका छैनन् । ठूला आर्थिक उन्नती गरेका युरोप अमेरिकामा बर्षौ पहिलेदेखि अभ्यासमा आएको परियोजना धितोमा ऋण दिने व्यवस्था नेपालमा भने ऋण लिनको लागि घरजग्गा, गाडीलगायतका चल–अचल सम्पत्ति धितो राख्नै पर्ने बाध्यता छ । ऋणीहरुले फर्जी परियोजना… विस्तृत समाचार

​नगद तरलता बढ्यो, ब्याज भने घटेन

काठमाडौं, २७ भदौ । लामो समयदेखि वित्तीय बजारमा देखिएको ऋणको लागि पर्याप्त नगद तरलताको अभावको अवस्थामा चालु आर्थिक वर्षको दोस्रो महिनामा सुधार देखिएको छ । नगद तरलताको अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गरेका थिएनन् भने अर्कोतर्फ महँगो ब्याजदरमा निक्षेप संकलन गरेका कारण प्रवाह भएको कर्जामा समेत चर्को ब्याज लगाउँदै आएका थिए । तर, यतिखेर विगतको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूमा नगद तरलता… विस्तृत समाचार

​निकम्मा बन्दै राष्ट्र बैंक

काठमाडौं, २० भदौ । दृष्टिले भदौ ६ गतेको अंकमा केही बैंकले नेपाल राष्ट्र बैंकलाई मेसो नदिई नक्कली निक्षेपको कारोबार गरेको समाचार विश्लेषण गरेको थियो । नेपाल राष्ट्र बैंकको सुपरीवेक्षणले समेत पत्ता लगाउन नसकेको भनिएको उक्त विषयलाई लामो समयसम्म सम्बन्धित सबैले गुपचुप राखेका थिए । स्वयम् बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख अनिल शाहले पछिल्लो आर्थिक वर्षदेखि नै केन्द्रीय बैंकले तोकेको सीसीडी रेसियोको अनुपात मिलाउन… विस्तृत समाचार