कुराकानी

मन्त्रीसहितको टोलीमाथि जाइलागे तरकारी व्यापारी

काठमाडौं, २१ असार । आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि बल्खुका तरकारी व्यापारीले आक्रमण गरेका छन् । पूर्वजानकारी नदिई अनुगमनमा आएर अनावश्यक दुःख दिएको भन्दै व्यापारी सरकार टोलीमाथि जाइलागेका हुन् । व्यापारीले प्रयोग गरेको ढक तथा तराजु दर्ता भए÷नभएको बारेमा अध्ययन गर्न गएको टोलीमाथि उनीहरुले लौका तथा मूलाले प्रहार गरेका थिए । आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली मंगलबार कालिमाटीस्थित तरकारी… विस्तृत समाचार

मापदण्डविपरीतका ग्यास उद्योग खारेज हुने

काठमाडौं, २१ असार । मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ । सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वटा ग्यास रिफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् । ठूलो संख्यामा उद्योग… विस्तृत समाचार

आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाइने

काठमाडौं, २१ असार । श्रम तथा रोजगार मन्त्रालयले घर बिदामा फर्केका र पूर्वश्रम स्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान पाउने निर्णय गरेको छ । आइतबार श्रम मन्त्रालयको सचिवस्तरबाट आफ्नै जोखिममा अफगानिस्तान जान पाइने निर्णय गरेको कारोबार दैनिकमा खबर छ । श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले घर बिदा वा पूर्वश्रमस्वीकृति लिएका नेपाली कामदारले आफ्नै जिम्मेवारीमा अफगानिस्तान जान खुला गरेको बताए । असार ९ गतेको… विस्तृत समाचार

​चीनबाट इन्धन ल्याउने फाइल परराष्ट्र पुग्यो

काठमाडौँ, २० असार । चीनसँगको सम्झौताअनुरूप पेट्रोलियम पदार्थ खरिद प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पुगेको छ । चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो ।  व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको… विस्तृत समाचार

​कालिगण्डकीको बाढीले निर्माणाधीन पुलै बगायो

पाल्पा, २० असार । कालिगण्डकी नदीमा आएको बाढीले बन्दै गरेको पक्की पुल बगाउँदा ४ करोड बराबरको क्षति पुगेको छ ।  नवलपरासीको डेढगाउँ र तनहुँको सामुङ भगवतीपुर जोड्ने खर्सानघाटमा निर्माणाधीन पक्की पुल तीन दिनअघि बगाउँदा अहिले काम प्रभावित बनेको छ । तीन दिनसम्म परेको लगातार वर्षाले नदीमा पानीको बहाव तीव्र हुँदा डेढगाउँ खण्डको बन्दै गरेको ट्रस्ट बगाएको हो । गत माघमा सम्पन्न गर्नुपर्ने उक्त पुल यही… विस्तृत समाचार

मोबाइलमा पल्स अवधि तोक्न हस्तक्षेप गर्दै प्राधिकरण

काठमाडौं, १९ असार । मोबाइल सेवाप्रदायक कम्पनीले आफूखुसी पल्स अवधि (न्यूनतम कल समय) कायम गरेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हस्तक्षेप गरी अवधि तोक्ने भएको छ । प्राधिकरणले छिमेकी मुलुकहरू भारत र चीन तथा सार्क राष्ट्रको अभ्यासलाई हेर्दै मोबाइल सेवामा पल्स अवधि घटाउन लागेको हो । अहिले सेवाप्रदायक कम्पनीअनुसार पल्स अवधि फरक छ । प्राधिकरणका अनुसार अब सबै कम्पनीको पल्स अवधिमा एकरूपता हुने कारोबार दैनिकमा… विस्तृत समाचार

रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी

काठमाडौं, १९ असार । उत्पादनमूलक उद्योगहरूमध्ये रासायनिक कच्चा पदार्थ (रिफ्र्याक्टोरी) उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ । यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख भएको कारोबार दैनिकमा खबर छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘चयन गरिएका उत्पादनमूलक उद्योगहरूमा प्राविधिक क्षमता प्रगति’ विषयक अध्ययनअनुसार यो क्षेत्रमा अझै बढी रोजगारीको सम्भावना छ । अध्ययनमा यस्ता उद्योगलाई फलाम… विस्तृत समाचार

बढ्ने भयो हवाई भाडा

काठमाडौं, १८ असार । आन्तरिक उडानतर्फको हवाई भाडा बढ्ने भएको छ । १९ देखि ४३ प्रतिशतसम्म हवाई भाडा बढाउन सिफारिस भएको छ । सिफारिस भएको भाडा वृद्धिलाई स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा भाडा पुनरावलोकन अध्ययन समिति गठन गरेको छ । समितिले राय दिएपछि हवाई भाडा बढ्ने अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । समितिमा प्राधिकरणकै… विस्तृत समाचार

कानुनविपरीत विद्युत् महसुल बढाएको भन्दै उजुरी

काठमाडौं, १७ असार । उपभोक्ता हित संरक्षण मञ्चले कानुनविपरीत विद्युत् महसुल बढाएको भन्दै व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत र उपभोक्ता हित सम्बन्धन समितिमा उजुरी दर्ता गरेको छ ।  मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा गएको टोलीले शुक्रबार उजुरी दर्ता गरेको हो । विद्युत् महसुल निर्धारण नियमावली २०५० को नियम ६ (१) ले वर्षमा एकपटक मात्र बढाउने र पाँच प्रतिशतभन्दा बढी बढाउन नपाउने व्यवस्था भए पनि उक्त व्यवस्थालाई… विस्तृत समाचार

विदेशबाट सुन ल्याउँदा कारबाहीमा परिएला है !

काठमाडौं, १७ असार । सरकारले साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी भित्र्याउन प्रतिबन्ध लगाएको छ । यो व्यवस्थाविपरीत कुनै पनि यात्रुले काँचो सुन र चाँदी ल्याए सामान जफत गरी कानुनी कारबाही हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।  अब विदेशबाट आउनेले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५०० ग्रामसम्म र १ लाख मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा… विस्तृत समाचार