टिप्पणी

​किन पछि प¥यो कांग्रेस, किन अघि बढ्यो एमाले

संविधानसभाको निर्वाचनको परिणामले नेपाली कांग्रेसलाई पहिलो र नेकपा एमालेलाई दोस्रो स्थानमा पु¥यायो । तर, १९ वर्षपछि भएको स्थानीय निर्वाचनको हालसम्मको परिणामले नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा पुगेको छ । मतगणना भइरहेका महानगरपालिकाहरूको नतिजाले चारवटैमा एमालेको पकड हुने अवस्था देखिदैछ । यसका पछाडि एमालेको भन्दा कांग्रेसको सहयोगी भूमिका रहेको विश्लेषण गरिँदैछ । एमालेलाई आफ्नो मिहेनत भन्दा कांग्रेस सभापति शेरबहादुर देउवाको लहड र हठको… विस्तृत समाचार

कसका लागि संविधान संशोधन ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला जसरी भएपनि संविधान संशोधन गर्ने ध्याउन्नमा छन् । यसबाट उनीहरुले एकातर्फ भारतको निहित उद्देश्यलाई पूरा गर्ने प्रयास गर्देछन भने अर्कातर्फ स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तराई मधेशमा भोटको राजनीति गर्दैछन् ।  वर्तमान सरकार भारतको डिजाइनमा बनेको भन्ने छर्लङ भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जसरी भएपनि सत्ताबाट हटाउने डिजायनमा खलपात्रको भूमिका निर्वाह गरेका दाहाल… विस्तृत समाचार

​प्रचण्ड र देउवालाई हेगको डर

सशस्त्र द्वन्द्वका बेला करिव सत्र हजार जनताको ज्यान लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तामा रहँदा मानव अधिकार उल्लंघन गरेका काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला गम्भीर संकटमा परेका छन् । सर्वाेच्च अदालतलाई प्रभावमा पारेर काम गराउन नसक्दा निहित उद्देश्य पूरा नहुने, आफ्ना मान्छेहरु एकपछि अर्काे फस्ने र प्रभावमा पार्दा अन्तर्राष्ट्रिय समुदायसामू उभिनु पर्ने अवस्थामा प्रचण्ड र देउवा छन्  ।  भ्रष्टाचार र मानव अधिकार उल्लंघन सम्बन्धी… विस्तृत समाचार

​सभामुखले आफ्नो हैसियत बिर्सिदा

जुनसुकै पार्टीको नेता होस्, व्यवस्थापिका संसद्को सभामुख पदमा निर्वाचित भएपछि उसले तटस्थ र सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ । यसबाट विचलित हुनासाथ उ संसदको सभामुख होइन कुनै अमूक पार्टीको झूर कार्यकर्ता बन्न पुग्छ । जसले व्यक्तिको मात्र होइन कि सिंगो संसदको छवि र गरिमा धुमिल पार्छ । यतिबेला ठ्याक्कै त्यस्तै भएको छ, ओनसरी घर्तीमगरको भूमिका । यस घटनालाई नजिकबाट नियालिरहेका नागरिक समाजले सभामुखको भूमिकालाई पचाउन सकिरहेका… विस्तृत समाचार

​अपराधबाट जोगिन महाअभियोग

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि लोकतन्त्र, विधिको शासन, शक्ति पृथकीकरण आवरण मात्र हुन् । त्यही आवरणमा नै दाहाल र देउवाले लोकतन्त्र र विधिको शासन समाप्त पार्ने खलनायकको भूमिका निर्वाह गर्दैछन् । त्यसको पछिल्लो कडी हो, सर्वाेच्च अदातलका प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग ।  सर्वाेच्च अदालतमा न्यायाधीशहरुको नियुक्ति हुँदादेखि नै देउवा सुशीलासँग पटक्कै सन्तुष्ट थिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख… विस्तृत समाचार

​नेकपा एमाले धमाधम उम्मेदवार छान्दै

काठमाडौं, १२ वैशाख । वैशाख ३१ आउन लाग्दा स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले उम्मेदवार चयनमा जुटेको छ । कतै सर्वसम्मत, कतै निर्वाचनको माध्यमबाट उम्मेदवारको सिफारिस माथिल्ला कमिटी भइरहेका छन् । त्यसो त एमालेको राष्ट्रिय अडानप्रति बढ्दो आकर्षणका कारण पछिल्लो समय अधिकांश स्थानीय तहमा एमालेको पकड बलियो देखिन्छ । यस्तोमा क्षेत्रफलका हिसावले देशको सबैभन्दा ठूलो महानगरपालिका लेखनाथ–पोखरा महानगरपालिका भएकाले देशभर नै पोखरा नगरपालिकामा नेकपा एमालेले… विस्तृत समाचार

​प्रचण्ड र देउवाको आ–आफ्नै दाऊ

उदाउँदै शेखर स्थानीय तहको चुनाव कसैलाई रोक्नु छ भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई छ । पत्नी आरजु देउवाको चलखेलमा विवादास्पद व्यक्तिहरूलाई राजदूत बनाउने, आइजीपी प्रकरणमा हस्तक्षेप गर्ने देखि भारत भ्रमण गरी दलाई लामा उद्घाटित कार्यक्रममा सहभागी भई तिब्बती शरणार्थीका प्रधानमन्त्री लोब्साङ साङ्गेलाई भेट्ने लगायतका क्रियाकलापले देउवा बदनाम छन् । नेपाली काँग्रेसको इतिहासमा उनी सबैभन्दा असक्षम सभापति… विस्तृत समाचार

संशोधनको नयाँ प्रस्ताव : अर्को राष्ट्रघात

प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भन्दै ल्याएको संविधान संशोधनको अर्को प्रस्ताव पनि घोर राष्ट्रघाती देखिएको छ । संविधानमै संघीय प्रदेशको संख्या र सीमा स्पष्ट भइसकेको भए पनि दाहालले अधिकार सम्पन्न आयोग गठन गरेर सीमांकनसम्बन्धी विवाद समाधान गर्ने भन्दै नयाँ प्रस्ताव ल्याएका छन् । जबकी यो प्रस्ताव समाधान नभई समस्याको जड हुने निश्चित छ । संविधान जारी हुनुभन्दा अघि नै संविधान निर्मँणको प्रक्रिया बहिस्कार गरेका… विस्तृत समाचार

​बेमौसमको गाईजात्रा

विशाल छेत्री । कुनै जल्दोबल्दो विषयलाई ओझेल पार्नु छ भने ‘नन—इस्यु’लाई ‘इस्यु’ बनाइदिए पुग्छ । नयाँ कुनै लफडामा मुलुकलाई अल्झाइदिए पुग्छ । माओवादी अध्यक्ष प्रचण्ड अर्थात् प्रधानमन्त्री अहिले यही गरिरहेका छन् । उनको यो अभियानमा साथ दिइरहेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवाले । अनि यसका मोहोरा बनेका छन्, विमलेन्द्र निधि र कमल थापा । सातामा कम्तीमा दुई दिन बस्ने मन्त्रिपरिषद बैठक तीन सातादेखि अवरुद्ध छ… विस्तृत समाचार

​२०७३ मा वैदेशिक रोजगारः समस्याको पहिचान भयो तर समाधान खोजिएन

किरण भट्टराई  काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो ।  निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराउने, अवैध रुपमा खाडीमा घरेलु कामदार पठाउने, विभिन्न नाममा मलेसिया जानेप्रति कामदारबाट अवैध रुपमा १७ हजारभन्दा बढी रकम असुली राखिएको जस्ता विषयको स्पष्ट रुपमा पहिचान भए पनि तिनीहरुमाथि सरकारले कारबाही गर्न… विस्तृत समाचार