टिप्पणी

बिमस्टेकले दिएको संकेत

वद्रीविनोद प्रतीक  । कुनै समय सार्क राष्ट्रहरूको सम्मेलन चर्चाको विषय हुने गर्दथ्यो । क्षेत्रीय सहयोग संगठनको व्यानरमा सदस्य राष्ट्रहरूले आलोपालो अध्यक्षता गर्ने र देशाटन गरेर फिर्ने राम्रो चलन थियो । त्यसको अध्यक्षता अहिले पनि नेपालले गरिरहेको छ । पटक–पटकको सार्क सम्मेलनको स्थगनले नेपालले आफ्नो नेतृत्व हस्तान्तरण गर्न पाएको छैन । पाकिस्तानमा हुनुपर्ने सम्मेल भारतको कारण रोकिएको छ । भारत र पाकिस्तानको जुधाइमा सार्क सम्मेलन पर्दै… विस्तृत समाचार

विचरा विमस्टेक नेताहरु

-रवीन्द्र श्रेष्ठ विमस्टेकका  विचरा विशिष्ट अतिथिहरु राजधानीको एक होटलमा वन्दी जस्तो स्थितिमा बसे । विहिवार त्यही होटलमा विमस्टेकको उदघाटन भयो । शुक्रबार त्यही होटलमा समापन हुँदैछ । ती विशिष्ट अतिथिहरु सोही होटलमा वसे । त्यहीँ खाने पिउने र सुत्ने गरेका छन् ।  तीमध्ये भुटानका अतिथिले एक गुम्बा भ्रमण गर्न पाउनु भयो । वर्माका अतिथिले लुम्विनी जान पाउनु भयो । श्रीलंकाका अतिथि सम्मेलन सके पछि लुम्बिनी… विस्तृत समाचार

​सम्मेलनको गलत समय

नेपालमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन पानी पर्ने र बादल धेरै लाग्ने बेलामा गर्नु ठिक होइन । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरु नेपालको राम्रो मौसमको बेला गरिनु उपयुक्त हो । नेपालमा पर्यटकहरुका लागि सबभन्दा राम्रो महिना भनेको असोज कार्तिक मंसिर हो ।  नेपालमा भएका तीन वटा सार्क शिखर सम्मेलनहरुमध्ये एउटा कार्तिकमा, अर्को मंसिरमा र अर्को पौष महिनामा भएका थिए । यस्ता सम्मेलनहरुबाट नेपाल जस्तो देशले वास्तवमा खासै केही उपलब्धि… विस्तृत समाचार

​विमस्टेक सम्मेलनवाट जनताले के पाउने ?

विमस्टेक सम्मेलन नेपालमा हुनुले नेपाली जनताले तथा यस क्षेत्रका जनताले के पाउँछन् भन्ने प्रश्न अहिले जनताले गरिरहेकाछन् । विशिष्ट अतिथिहरुको आवतजावतका कारण जनताले वाटो जाम तथा हवाई मार्ग जामको समस्या स्वतः पाउने हुन्छ । तर नेपाली जनतालाई यस सम्मेलनले के दिन्छ भन्ने प्रश्न रहेको छ ।  यसमा सहभागी देशहरुका विच विभिन्न क्षेत्रमा आपसी सहयोग तथा सहकार्य अघि वढाउन गठन गरिएको यस संस्थाले राम्रो गतिमा काम… विस्तृत समाचार

शिलान्यासमाथि शिलान्यास

वद्रीविनोद प्रतीक । पर्यटन, नागरिक उड्यान तथा  संस्कृतिमन्त्री रवीन्द्र अधिकारी वर्तमान सरकारका ‘सेलीब्रेटी’ मन्त्रीहरूमा एक नम्बरी भनेर चिनिन्छन् । विद्यार्थी जीवनबाटै चर्चामा आएका अधिकारी संविधानसभाका दुवै संसदमा उनी हिरो बने । संविधानसभाको दोस्रो चुनावपछि संसदको विकास समितिको सभापति भएपछि अधिकारीको चर्चा झन् चुलियो । जसले गर्दा उनलाई नयाँ संविधान बमोजिम भएको संघीय संसदको चुनाव पनि सजिलै जिते । उनले चुनाव मात्र जितेनन्, पर्यटन तथा नागरिक… विस्तृत समाचार

​वाटो मर्मत गर्न विदेशी पाहुना आउनुपर्ने ?

विजय मल्ल काठमाण्डौं उपत्यकाका वाटाहरु वषौं देखि मर्मत सम्भार भएका थिएनन् । अझ मेलम्ची खानेपानी आयोजनाले पाइप विछ्याउन वाटो खने देखि यहाँका वाटाहरुको झनै बेहाल भएको थियो । पानी पर्दा हिलो, घाम लाग्दा धुलो । यो राजधानीको विशेषता बनेको छ । यहाँको वायु प्रदुषणको मात्रा उच्च रहेको छ । तर वर्ष दिन भन्दा वढी समय खनिएका सडकहरुको सामान्य सुधार गर्न पनि प्रशासन संयन्त्रले चाहेन ।… विस्तृत समाचार

​जबज र क्रान्ति सम्पन्न गर्ने बाटो

प्रेमलकुमार खनाल जबज नेपाली परिवेशमा नितान्त नौलो कार्यक्रम हो । राष्ट्रिय÷अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेको उतारचढावका बीचमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्य चुनौतीको रूपमा खडा भइरहेका बखत माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा मदन भण्डारीको अगुवाइमा जबजलाई नेपाली क्रान्तिको कार्यक्रम रूपमा प्रस्तुत गरिएको थियो ।  जबजले मूलतः समाजको रूपान्तरण र परिवर्तनका लागि शान्तिपूर्ण सङ्घर्ष र आन्दोलनको बाटोबाट अगाडि बढ्न निर्देशित गरेको छ । यसले… विस्तृत समाचार

​भूमिहीन व्राह्मण, क्षेत्री तथा जनजातीले जमीन नपाउने विधेयक

- रवीन्द्र श्रेष्ठ नेपाल सरकारले हालै संसदमा पेश गरेको भूमि सम्वन्धी ऐन २०२१ लाई संशोधन गर्न वनेको विधेयकमा केवल भूमिहीन दलित जनतालाई मात्र नेपाल सरकारले जमीन उपलब्ध गराउने उल्लेख गरीएको छ । त्यसमा अन्य जातीका भूमिहीन जनतालाई सरकारले जमीन उपलब्ध गराउने व्यवस्था गरिएको छैन । यस्तो हुनुमा वर्तमान नेपाल सरकार दोषी नभई नेपालको नयाँ संविधान नै दोषी देखिन्छ । संविधानसभावाट पारित नेपालको संविधान २०७२ को… विस्तृत समाचार

​संविधानले दिएको स्वास्थ्य हक नदिने विधेयक संसदमा

नेपालको नयाँ संविधानको धारा ३५मा जनताको स्वास्थ्य सम्बन्धी हकका वारेमा व्यवस्था गरिएको छ । सो धाराको उपधारा १ मा भनिएको छ कि प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवावाट वन्चित गरिने छैन । तर सरकारले अहिले संसदमा पेश गरेको जनस्वास्थ्य सेवा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकमा गन्जागोल भाषा प्रयोग गरेकोले यो हक जनताले प्राप्त गर्न… विस्तृत समाचार

​आवासको हकबिनाको नयाँ आवास विधेयक

रवीन्द्र श्रेष्ठ । सरकारले हतारमा संसदमा पेश गरेको आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गरीब विपन्न वर्गका जनताले वास्तविक रुपमा आवासको हक अधिकार नपाउने ढंगले ल्याइएको देखिएको छ ।  यस विधेयकको दफा १७ मा आर्थिक उपार्जनको काममा लागेको व्यक्तिले आवास नपाउने उल्लेख छ । यो हास्यास्पद दफा हो । अहिलेको जमानामा गरीब जनता पनि कुनै न कुनै आर्थिक उपार्जनको काममा लागेकै हुन्छन् । सोही… विस्तृत समाचार