टिप्पणी

संशोधनको नयाँ प्रस्ताव : अर्को राष्ट्रघात

प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भन्दै ल्याएको संविधान संशोधनको अर्को प्रस्ताव पनि घोर राष्ट्रघाती देखिएको छ । संविधानमै संघीय प्रदेशको संख्या र सीमा स्पष्ट भइसकेको भए पनि दाहालले अधिकार सम्पन्न आयोग गठन गरेर सीमांकनसम्बन्धी विवाद समाधान गर्ने भन्दै नयाँ प्रस्ताव ल्याएका छन् । जबकी यो प्रस्ताव समाधान नभई समस्याको जड हुने निश्चित छ । संविधान जारी हुनुभन्दा अघि नै संविधान निर्मँणको प्रक्रिया बहिस्कार गरेका… विस्तृत समाचार

​बेमौसमको गाईजात्रा

विशाल छेत्री । कुनै जल्दोबल्दो विषयलाई ओझेल पार्नु छ भने ‘नन—इस्यु’लाई ‘इस्यु’ बनाइदिए पुग्छ । नयाँ कुनै लफडामा मुलुकलाई अल्झाइदिए पुग्छ । माओवादी अध्यक्ष प्रचण्ड अर्थात् प्रधानमन्त्री अहिले यही गरिरहेका छन् । उनको यो अभियानमा साथ दिइरहेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवाले । अनि यसका मोहोरा बनेका छन्, विमलेन्द्र निधि र कमल थापा । सातामा कम्तीमा दुई दिन बस्ने मन्त्रिपरिषद बैठक तीन सातादेखि अवरुद्ध छ… विस्तृत समाचार

​२०७३ मा वैदेशिक रोजगारः समस्याको पहिचान भयो तर समाधान खोजिएन

किरण भट्टराई  काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो ।  निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको, कामदारलाई दोहोरो करारपत्रमा हस्ताक्षर गराउने, अवैध रुपमा खाडीमा घरेलु कामदार पठाउने, विभिन्न नाममा मलेसिया जानेप्रति कामदारबाट अवैध रुपमा १७ हजारभन्दा बढी रकम असुली राखिएको जस्ता विषयको स्पष्ट रुपमा पहिचान भए पनि तिनीहरुमाथि सरकारले कारबाही गर्न… विस्तृत समाचार

​टोले गुन्डा कि कांग्रेस सभापति ?

विशाल छेत्री । शेरबहादुर देउवा अहिले संसदको सबैभन्दा ठूलो दलको नेता होइन, आफ्नो टोलमा दुईचार चुल्ठेमुन्द्रेहरुलाई पछि लगाएर हिँड्ने टोले गुन्डाजस्ता भएका छन् । उनको कार्यशैली र प्रस्तुति हेर्दा लाग्छ, उनको कुनै सामाजिक दायित्व छैन । पदीय जिम्मेवारी पनि छैन । कुनै सार्वजनिक मर्यादा र नैतिकताको निर्वाह उनले गर्नुपरेको छैन । कतै कोहीप्रति जवाफदेही हुनुपरेको पनि छैन । देउवालाई लाग्दो हो नेपाली कांग्रेस भनेको उनका… विस्तृत समाचार

अदालतको आदेश नमान्ने निर्णयले कांग्रेस कार्यकर्ताको शीर झुकेको छ

विन्दुकान्त घिमिरे आइजीपी नियुक्ति प्रकरणमा नेपाली कांग्रेसले जे निर्णय ग¥यो त्यो अत्यन्त त्रुटीपूर्ण छ । कांग्रेसको यो निर्णय न्यायीक सर्बोच्चताको मान्यता बिपरीत छ । शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने पार्टीको निर्णय सर्वसत्तावादी हुनु दुर्भाग्य हो । कांग्रेसको कार्यकर्ताको शीर झुकेको छ यो निर्णयले । सर्वोच्च अदालतलले सरकारको निर्णय प्रक्रियामा स्वयम् हस्तक्षेप गरेको हो र? अन्यायमा परेको ठान्नेले न्यायको लागि रिट गरेपछि न्यायका मान्य सिद्धान्तका आधारमा… विस्तृत समाचार

​तराई–मधेसमा विखण्डनकारी चलखेल बढ्दो

समाचार टिप्पणी । कञ्चनपुर पुनर्बासस्थित आनन्दनगरका निर्दोष नेपाली युवा गोविन्द गौतम भारतीय सीमा सशस्त्र बल (एसएसबी)को गोलीबाट मारिए । नेपाली सीमाक्षेत्रभित्रै प्रवेश गरेर एसएसबीले नेपाली नागरिकको हत्या गर्दा देशमा सरकारविहीनताको अवस्था देखियो । आफ्नो भूमिमा कल्भर्ट निर्माण गर्दा नेपाली नागरिक मारिनुपर्दा न सरकार बोल्यो, न सरकारका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नै । अझ सीमा क्षेत्रका नेपालीले प्रदर्शन गरेर तनावको अवस्था… विस्तृत समाचार

​सुशीलामाथि नैतिक प्रश्न ?

विशाल छेत्री । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ग्याङ अफ फोरका सदस्य मानिने पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले ८४ लाख रुपियाँ भ्रष्टाचार गरेको अभियोग प्रमाणित भएपछि ०६८ फागुन ९ गते सर्वोच्च अदालतमै आत्मसमर्पण गर्न पुगे । अवैध ठहरिएको उनको ८४ लाख रुपियाँ त जफत भयो नै, त्यति नै रकम उनले जरिवाना समेत तिर्नुप¥यो । अदालतमा तुरुन्त आत्मसमर्पण गरेवापत केही छूट पाउनु उनको नयाँ कमाइ मान्नुपर्छ… विस्तृत समाचार

ओली राष्ट्रवादको पक्षमा किन उर्लियो जनलहर ?

प्रा.डा. बद्रीविशाल पोखरेल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानमा राष्ट्र, राष्ट्रियता राष्ट्रिय अखण्डता र सार्वभौमिकता बलियो बनाउन नेपाली जनता निर्वाचनमा होमिनुको विकल्प नभएको उद्घोष गरिरहेका छन् । र यो उनको बोली मात्र नभएर एक उदाहरणीय व्यवहार नै रहेको छ । ओलीले कुनै पनि तह, तप्का, वर्ग र जातिसमूहका आम जनतालाई राज्य र राजकीय निकायले सम्मान कायम राख्नु पर्ने कुरामा जोड दिएका छन्… विस्तृत समाचार

​स्थानीय निर्वाचन बिथोल्ने भित्री रणनीति

१९ वर्षपछि स्थानीय चुनाव हुनलाग्दा तल्लो तहको जनतामा उत्साह जागेको छ । गरिखाने जनता बलियो हुने आधार तयार चुनावले गर्ने हुँदा स्थानीय तहमा राजनीतिक चहलपहल बढ्न गई आर्थिक र सामाजिक क्षेत्रमा सकारात्मक असर पर्न सक्ने सम्भावनाहरू छन् । चुनावपछि काठमाडौं केन्द्रित राजनीतिमा परिवर्तनहरू आउनसक्छ । विकासका कार्यक्रमहरू दुरदराजका गाउँसम्म पुग्न सक्छ । विगतमा स्थानीय चुनाव दुईपल्ट हुँदाको अवस्थामा तल्लो तहमा राजनीतिक चहलपहल मात्र भएन विकासका… विस्तृत समाचार

​आर आर क्यम्पसमा प्रहरी हस्तक्षेप

काठमाण्डौं, २३ फाल्गुन । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आज चुनावका लागि सबै प्रकृया पूरा भए पनि प्रहरीको हस्तक्षेपले चुनाव फेरि अन्यौलमा परेको छ । जसकारण स्ववियु चुनावको मतदान प्रकृया समेत अबरुद्ध भएको छ ।  प्रहरीले अहिले कसैलाई पनि क्याम्पसभित्र जान दिएको छैन । निर्बाचनमा भाग लिन विद्यार्थीहरु बिहानैदेखि लाइनमा बसेको थियो । निर्वाचन आयोगले पत्राचार गर्नुअघि नै मिति घोषणा गरिसकेकाल त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनकै… विस्तृत समाचार