टिप्पणी

​जनवरीदेखि आक्रामक रुपमा काम गर्छौंः कृष्णकुमार अर्याल

  नयाँ नेतृत्व आएपछि पनि पर्यटन बोर्डले गति लिन नसकेको  सुनिन्छ नि ? गति हेर्नेको नजरमा फरक पर्न सक्छ । हामी आएपछि बोर्डले धेरै काम गरिसकेको छ । यो वर्षका लागि साउनमै बजेट पास गरेर काम सुरु गरिसकेका छौं । १ अर्ब १२ करोड रुपैयाँ बजेट पास भइसकेको छ । जनवरीदेखि बोर्ड एग्रेसिभरुपमा अघि बढ्दैछ । हाम्रो मुख्य काम भनेको मार्केटिङ नै हो । पर्यटन… विस्तृत समाचार

‘मःमःसँगको पारपाचुके मैले कल्पना गर्नै सक्दिनँ’

मःमःसँग मेरो नाता गासिएको करिब ३२ वर्ष भयो । २०४१ सालमा बागबजारको एउटा सानो खाजा होटलमा पहिलो पटक मःमः मागेर खाँदा यति मिठो लाग्यो कि त्यसपछि बसेको मःमःसँगको प्रेम आज पर्यन्त जारी छ । कुनै बिनामनमुटाव र बिनाअसमझदारी आजसम्म चलिरहेको छ ।  –योगेश भट्टराई ०७३ असोज १० अपराह्न ३ बजे महासचिव कमरेड ईश्वर पोखरेलले पार्टी कार्यालयमा बोलाउनुभएको बैठक साँझ ६ः२० सम्म चल्यो । बैठक अति… विस्तृत समाचार

प्रचण्ड भ्रमण ः हात्ती आयो... फुस्सा

काठमाडौं, ४ असोज । प्रचण्डको भारत भ्रमण औपचारिकतामा सीमित भयो । ११६ सदस्यीय जम्बो टोली गयो, आयो । कुनै ठोस प्रगति लिएर आउन सकेन । नेपालका हरेक प्रधानमन्त्री पहिलो विदेश भ्रमणका रूपमा भारत पुग्ने परम्पराको निरन्तरता सिवाय खासै कुने प्रगति देखिएन । पहिलोपटक प्रधानमन्त्री हु“दा पहिलो विदेश भ्रमण चीनबाट शुरू गरेर परम्परा परिवर्तन गर्न खोजेका उनले त्यसलाई सच्याएको सन्देश दिन खोजे । प्रचण्डको पहिलो विदेश भ्रमण… विस्तृत समाचार

आफ्नै कारण सेनाको अन्तराष्ट्रिय बेइज्जत

काठमाडौं, ३० भदौ  सेनाभित्र निकै कडा कमान्ड हुन्छ भनिन्छ । तर, बिदेश जा“दा पासपोर्ट नेपालमै छाडेर जा“दा सेनाभित्रको कमाण्ड र चरम लापरबाही बाहिर आएको छ ।  संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि दक्षिण सुडान पुगेको नेपाली सेनाको टोली पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि दक्षिण सुडान पुगेर फर्किनुपरेको छ । दक्षिण सुडानको राजधानी जुबा पुगेर उनीहरू काठमाडौं आई पासपोर्ट लिएर बुधबार बिहानै फेरि जुबाका लागि प्रस्थान गरेका छन्… विस्तृत समाचार

​चार महिला पत्रकार पुरस्कृत

ललितपुर, २९ भदौ । सञ्चारिका समूहले राजधानी र मोफसलमा कार्यरत चार महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।  समूहको २०औँ वार्षिक साधारणसभाका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महिला पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । ‘सञ्चारिका समानता पुरस्कार–२०७२’ बाट नागरिक दैनिकमा कार्यरत पत्रकार भाषा शर्मा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु. १५ हजार रहेको छ । ‘उमासिंह पत्रकारिता पुरस्कार २०७२’ बाट काभ्रेमा कार्यरत पत्रकार… विस्तृत समाचार

​मोदीबाट प्रचण्डको आशा

प्रचण्डले मोदीसँग आफ्नो केमिष्ट्री मिल्छ भन्नुमा धेरै सत्यता छ । दुवै चर्चा रुचाउने, हल्ला मच्चाउने नेता हुन् । तर, दुवैबाट कामभन्दा कुरा धेरै भए । मोदीसँग मिल्ने स्वभावलाई प्रचण्डले आफ्नो राजनीतिक हितमा ढाल्ने प्रयास गर्न खोजेका छन् । हुनत प्रचण्ड भारतको रहर नभई बाध्यता जस्ता देखिँदैछन् । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डको सत्तारोहण बाध्यात्मक बन्यो । जसलाई भारतले आफ्नो जीत जस्तै सम्झियो । भारतीय… विस्तृत समाचार

संविधान संशोधनको आवश्यकता छैन-विष्णु पौडेल, उप–महासचिव, नेकपा (एमाले)

वर्तमान सरकारका अर्थमन्त्रीले आर्थिक विधेयक संसद्मा लैजाने तयारी भइरहेको जानकारी गराउनुभएको छ । सरकारको यो कदमप्रति तपाईहरूको धारणा के छ ? यो विषयमा दुईवटा पक्ष ख्याल गरियोस् भन्ने हाम्रो आग्रह छ । संविधानमा स्पष्ट व्यवस्था छ कि जेठ १५ गते मात्रै सदनमा बजेट पेश गर्न पाइन्छ । बजेटको बारेमा संविधानले नै तिथिमिति किटान गरेको छ । एउटा त त्यो पक्षलाई ध्यान दिनुपर्छ । दोस्रो कुरा,… विस्तृत समाचार

राष्ट्रघाती कुरामा एमालेले सहमति गर्दैन- झलनाथ खनाल, वरिष्ठ नेता नेकपा एमाले

तपाई मधेश जाँदैहुनुहुन्छ, समस्या समाधान गर्न जान लाग्नु भएको हो कि बिथोल्न ? नेकपा एमाले सिँगो देशलाई एकतावद्ध बनाउने, मधेशको समस्या समाधान गर्ने, र यो राष्ट्रलाई समृद्धितिर अघि बढाउने पार्टी हो । त्यसकारण म मधेश जाँदैछु । मधेसप्रति एमाले सधैँ सकारात्मक छ । उनीहरुको जायज मागको एमालेले सम्बोधन पनि गर्दै आएको हो । मेरो भ्रमणले थप विश्वास आर्जन हुनेछ । उसो भए तपाईहरु संविधान संशोधनको… विस्तृत समाचार

​कसैको धम्कीका कारण प्रचण्डले समीकरण तोडेका हुन्- पृथ्वी सुब्बा गुरुङ, सचिव, नेकपा (एमाले)

नेकपा एमाले स्थायी कमिटीको जारी बैठक निकै लामो भयो नि, खास कारण के–हो ? विगतका कामहरुको समीक्षा, पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन, साथै नेकपा एमाले र नेकपामाओवादी केन्द्रसहितका राजनीतिक दलको संलग्नतामा निर्माण भएको विगतको सत्ता समीकरण र अहिलेको नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल भइरहेको छ । त्योसँगै अत्यन्तै प्रतिकूल परिस्थितिमा नेकपा एमालेको नेतृत्वमा गठन भएको सरकारले… विस्तृत समाचार

​‘ढिलासुस्ती र विवाद’ विकास योजनाका मुख्य समस्या

बाबियाचौर (म्याग्दी), ३ भदौ । म्याग्दीमा सञ्चालित भवन, सडक, सिँचाइ, खानेपानी लगायतका आयोजनामा ढिलासुस्तीका साथसाथै गुणस्तरीय काम नहुने समस्या देखिएको छ । विकट र दुर्गम भूबनोट रहेको म्याग्दीमा सरकारी निकाय र निर्माण ब्यवसायीका कारण हुने ढिलासुस्ती र समुदायको विवाद विकासको बाधक बनिरहेका छन् ।  सरकारी निकायले कामलाई भन्दा प्रक्रियालाई प्राथमिकता दिँदा, ठेक्का प्रस्ताव र सम्झौतामा ढिलासुस्ती हुँदा र प्रभावकारी अनुगमन र प्राविधिक जनशक्ति नपुग हुँदा… विस्तृत समाचार