टिप्पणी

आफ्नै कारण सेनाको अन्तराष्ट्रिय बेइज्जत

काठमाडौं, ३० भदौ  सेनाभित्र निकै कडा कमान्ड हुन्छ भनिन्छ । तर, बिदेश जा“दा पासपोर्ट नेपालमै छाडेर जा“दा सेनाभित्रको कमाण्ड र चरम लापरबाही बाहिर आएको छ ।  संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि दक्षिण सुडान पुगेको नेपाली सेनाको टोली पासपोर्टलगायत कागजपत्र काठमाडौंमै छुटेपछि दक्षिण सुडान पुगेर फर्किनुपरेको छ । दक्षिण सुडानको राजधानी जुबा पुगेर उनीहरू काठमाडौं आई पासपोर्ट लिएर बुधबार बिहानै फेरि जुबाका लागि प्रस्थान गरेका छन्… विस्तृत समाचार

​चार महिला पत्रकार पुरस्कृत

ललितपुर, २९ भदौ । सञ्चारिका समूहले राजधानी र मोफसलमा कार्यरत चार महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।  समूहको २०औँ वार्षिक साधारणसभाका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महिला पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । ‘सञ्चारिका समानता पुरस्कार–२०७२’ बाट नागरिक दैनिकमा कार्यरत पत्रकार भाषा शर्मा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु. १५ हजार रहेको छ । ‘उमासिंह पत्रकारिता पुरस्कार २०७२’ बाट काभ्रेमा कार्यरत पत्रकार… विस्तृत समाचार

​मोदीबाट प्रचण्डको आशा

प्रचण्डले मोदीसँग आफ्नो केमिष्ट्री मिल्छ भन्नुमा धेरै सत्यता छ । दुवै चर्चा रुचाउने, हल्ला मच्चाउने नेता हुन् । तर, दुवैबाट कामभन्दा कुरा धेरै भए । मोदीसँग मिल्ने स्वभावलाई प्रचण्डले आफ्नो राजनीतिक हितमा ढाल्ने प्रयास गर्न खोजेका छन् । हुनत प्रचण्ड भारतको रहर नभई बाध्यता जस्ता देखिँदैछन् । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डको सत्तारोहण बाध्यात्मक बन्यो । जसलाई भारतले आफ्नो जीत जस्तै सम्झियो । भारतीय… विस्तृत समाचार

संविधान संशोधनको आवश्यकता छैन-विष्णु पौडेल, उप–महासचिव, नेकपा (एमाले)

वर्तमान सरकारका अर्थमन्त्रीले आर्थिक विधेयक संसद्मा लैजाने तयारी भइरहेको जानकारी गराउनुभएको छ । सरकारको यो कदमप्रति तपाईहरूको धारणा के छ ? यो विषयमा दुईवटा पक्ष ख्याल गरियोस् भन्ने हाम्रो आग्रह छ । संविधानमा स्पष्ट व्यवस्था छ कि जेठ १५ गते मात्रै सदनमा बजेट पेश गर्न पाइन्छ । बजेटको बारेमा संविधानले नै तिथिमिति किटान गरेको छ । एउटा त त्यो पक्षलाई ध्यान दिनुपर्छ । दोस्रो कुरा,… विस्तृत समाचार

राष्ट्रघाती कुरामा एमालेले सहमति गर्दैन- झलनाथ खनाल, वरिष्ठ नेता नेकपा एमाले

तपाई मधेश जाँदैहुनुहुन्छ, समस्या समाधान गर्न जान लाग्नु भएको हो कि बिथोल्न ? नेकपा एमाले सिँगो देशलाई एकतावद्ध बनाउने, मधेशको समस्या समाधान गर्ने, र यो राष्ट्रलाई समृद्धितिर अघि बढाउने पार्टी हो । त्यसकारण म मधेश जाँदैछु । मधेसप्रति एमाले सधैँ सकारात्मक छ । उनीहरुको जायज मागको एमालेले सम्बोधन पनि गर्दै आएको हो । मेरो भ्रमणले थप विश्वास आर्जन हुनेछ । उसो भए तपाईहरु संविधान संशोधनको… विस्तृत समाचार

​कसैको धम्कीका कारण प्रचण्डले समीकरण तोडेका हुन्- पृथ्वी सुब्बा गुरुङ, सचिव, नेकपा (एमाले)

नेकपा एमाले स्थायी कमिटीको जारी बैठक निकै लामो भयो नि, खास कारण के–हो ? विगतका कामहरुको समीक्षा, पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन, पार्टीका आगामी कार्यभार, पार्टीको आन्तरिक जीवन, साथै नेकपा एमाले र नेकपामाओवादी केन्द्रसहितका राजनीतिक दलको संलग्नतामा निर्माण भएको विगतको सत्ता समीकरण र अहिलेको नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल भइरहेको छ । त्योसँगै अत्यन्तै प्रतिकूल परिस्थितिमा नेकपा एमालेको नेतृत्वमा गठन भएको सरकारले… विस्तृत समाचार

​‘ढिलासुस्ती र विवाद’ विकास योजनाका मुख्य समस्या

बाबियाचौर (म्याग्दी), ३ भदौ । म्याग्दीमा सञ्चालित भवन, सडक, सिँचाइ, खानेपानी लगायतका आयोजनामा ढिलासुस्तीका साथसाथै गुणस्तरीय काम नहुने समस्या देखिएको छ । विकट र दुर्गम भूबनोट रहेको म्याग्दीमा सरकारी निकाय र निर्माण ब्यवसायीका कारण हुने ढिलासुस्ती र समुदायको विवाद विकासको बाधक बनिरहेका छन् ।  सरकारी निकायले कामलाई भन्दा प्रक्रियालाई प्राथमिकता दिँदा, ठेक्का प्रस्ताव र सम्झौतामा ढिलासुस्ती हुँदा र प्रभावकारी अनुगमन र प्राविधिक जनशक्ति नपुग हुँदा… विस्तृत समाचार

​यो संविधान कार्यान्वयन नगर्ने खेल हो- योगेश भट्टराई, सचिव, नेकपा (एमाले)

नेकपा एमाले नेतृत्वको सरकार हठात् परिवर्तन भएर नयाँ सरकार बनेको छ । यो अवस्थालाई कसरी हेर्नुभएको छ ? नेकपा एमाले यतिबेला सत्तारुढ दलबाट प्रमुख प्रतिपक्षी दलमा आइपुगेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । कुनै पनि देश जहाँ संसदीय व्यवस्था हुन्छ, त्यहाँ सामान्यतया दुई अवस्थामा सरकार परिवर्तन हुन्छ । एउटा, संसद्मा नयाँ गठबन्धनको हिसावले संसद्मा बहुमत नहुँदा अर्को गठबन्धनका रूपमा विकल्पमा… विस्तृत समाचार

ढुक्क हुने स्थिति छैन, सुवासचन्द्र नेम्वाङ उपनेता, नेकपा (एमाले) संसदीय दल

वर्तमानको राजनीतिक विकासक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ ? वास्तवमा संविधान जारी गरिसकेपछिको अवस्थामा हाम्रो मुल जिम्मेवारी भनेको संविधानको कार्यान्वयन नै हो । त्यसैले अहिले हामी संक्रमणकै अवधिमा छौ“ । यो अझै धेरै महत्वपूर्ण र चुनौतिपुर्ण कार्यअवधि रहेको छ । यो अवधिमा हामीले समय नै तोकेर भन्ने हो भने २०७४ माघ ७ गतेभित्र संविधान कार्यान्वयन गर्नैपर्छ । त्यसैले अहिलेको अवधि भनेको महत्वपूर्ण अवधि हो । यस्तो अवस्थामा… विस्तृत समाचार

उच्च शिक्षा मेला सुरु

काठमाडौं, २८ साउन । ‘अन्तर्राष्ट्रिय शिक्षा स्वदेश’मा भन्ने मूल नाराका साथ दुईदिने ‘नेपाल उच्च शिक्षा मेला’ शुक्रबारबाट सुरु भएको छ । ‘एजुकेशन डटकम’ नेपाल र भिजन मिडियाको आयोजनामा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न समक्ष छन् भन्ने उद्देश्यले मेला सुरु गरेको हो । मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयद्वारा मान्यताप्राप्त कलेजले नेपालका शिक्षाका बारेमा जानकारी गराउने आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावले… विस्तृत समाचार