पर्यटन

​साउथ कोरियामा एल्जी इन्नोफेस्ट २०१८ सम्पन्न

काठमाडौं, २७ वैशाख । एलजीले साउथ कोरियामा एल्जी इन्नोफेस्ट २०१८ सम्पन्न गरेको छ । यसमा एलजीले आफुनो अत्याधुनिक प्रविधि प्रदर्शन गरेको थियो । यस वर्ष एलजीले आफ्नो टिभी, एसीलगायत विभिन्न सामग्रीमा आर्टिफिसियल इन्टेलिजेन्ट टेक्नोलोजी, थिनक्युको प्रयोग गरेको छ । एलजीले आप्mनो ओएलइडी र सुपर युएचडी टिभीहरूमा अल थिनक्यु प्रयोग गरेको जनाएको छ । यसले गर्दा टिभीलाई आप्mनो आवाजले नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ ।… विस्तृत समाचार

​लुम्विनीभित्रको बेथिति

श्यामशंकर पाण्डे । प्रा. टांगेले लुम्बिनी विकासको गुरुयोजना बि.सं २०३५ (सन् १९७८) मा नेपाल सरकारलाई बुझाएका थिए, दश बर्षमा सम्पन्न गर्ने लक्ष्यसहित । सातवर्ष गुरुयोजना यत्तिकै थन्कियो । सरकार आफैले जग्गा खरिद गरेर स्वायत्त संस्थाको रुपमा २०४२ मा स्थापना गरेको लुम्बिनी विकास कोषलाई काम गर्न गुरुयोजना सुम्पियो । दशवर्ष कोषलाई गुरुयोजना अध्ययन र नक्सा उतार्नमै लाग्यो । ०६० मा मायादेवी मन्दिरको पुनर्निमार्ण पछि लुम्बिनीमा मूर्तरुपमा… विस्तृत समाचार

जुम्ला जान भाकल गर्नुपर्ने स्थिति छ : पाण्डे

पर्यटन पूर्वाधार विकास नभएसम्म पर्यटन प्रवद्र्धन हुन सक्दैन । पूर्वाधारअन्तर्गत एयरपोर्ट, रोड ट्रान्स्पोर्ट, पावर, कम्युनिकेसन र वातावरण रहेका छन् । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा दुवै व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । अहिले करिब १० लाख पर्यटक भित्रिएका छन् । त्यसमध्ये ३२ लाख त हवाई मार्गबाट आएका छन् । यात्रुलाई सुविधा दिने कुरामा निकै सुधार गर्नुपर्ने देखिन्छ । ‘अतिथी देवो भवः’ त्यतिबेला मात्र सार्थक हुन्छ… विस्तृत समाचार

​ सामाजिक उत्तरदायित्व बढाउँदै हिमालय एअरलाइन्स

काठमाडौं, ७ वैशाख । नव वर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५÷७६ का लागि माग गरेअनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एकवर्षका लागि कापी तथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो । हिमालय एअरलाइन्सका प्रतिनिधिहरूले बैशाख २ गते आइतबार बालुवाटारस्थित प्रयास नेपालको कार्यालयमा… विस्तृत समाचार

इक्यानमा बिष्णुहरी कि सरोज ?

काठमाडौं, ४ वैशाख । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)मा आगामी शनिबार नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वका लागि दुई प्यानल बनाएर शैक्षिक परामर्शदाता व्यवसायीहरु चुनावी प्रचार प्रसारमा लागेका छन् । जसमध्ये एउटा समूहको नेतृत्व बिष्णुहरी पाण्डे तथा अर्काे समूहको नेतृत्व सरोज कुमार बस्नेतले गरेका छन् । दुवै टिमले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । पाण्डे टिमको नारा ‘सही व्यक्ति सही स्थान, सुदृढ र समृद्ध इक्यान’ भन्ने… विस्तृत समाचार

प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजित

काठमाडौं, ३० चैत । नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित नयाँ वर्ष २०७५ सालको शुभ अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । बिहीबार प्रज्ञा भवन कमलादीमा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीले  समारोहलाई सम्बोधन गर्दै नयाँ वर्ष क्यालेन्डरका पानाहरूको परिवर्तनमात्रै हुनु नहुने बताउँदै नयाँ वर्ष साँच्चिकै नवीन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ वर्ष सङ्कल्प र… विस्तृत समाचार

युरोप र अमेरिकाको सपना देख्दै निगम

काठमाडौं, २७ चैत । नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिई विभिन्न पाइलाहरु चालिरहेको भए तापनि युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देशबाट नेपालमा सिधा उडान नभएका कारण नेपाल एशियाकै सवभन्दा महंगो गन्तव्यहरुमध्येमा परेको छ । युरोप, अमेरिका, अष्ट्रेलिया र जापानबाट नेपाल आउने पर्यटक बैंकक, ग्वानझाओ, दोहालगायतका ठाउँबाट आउनु पर्दा भाडादर महंगो मात्रै होइन, समय पनि उत्तिकै खर्चन बाध्य छन् । नेपालमा विदेशी पर्यटक संख्या बढाउन नेपाल… विस्तृत समाचार

​पर्यटनको विकासमा निगमको भूमिका

हरि गोपाल प्रधान । स्थापनाकालदेखि नै राष्ट्रिय ध्वजावाहकका रुपमा रहेको नेपाल वायुसेवा निगम यतिखेर आरोह अवरोहको दोसाँधमा भए पनि सम्वन्धित सबैबाट उपयुक्त सहयोग पाएमा यसको भविष्य उज्ज्वल रहने स्पष्ट  छ । त्यसो हुन सके यसबाट राष्ट्रिय आर्थिक विकासका लागि महत्वपूर्ण योगदान हुन सक्नेछ ।  निगमले २०१५ साल आषाढ १७ गते देखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेको छन् । अधिकांश विकट पहाडी… विस्तृत समाचार

चितवनलाई औद्योगिक करिडोर बनाउने प्रतिबद्धता

दृष्टिन्यूज चितवन, २३ चैत्र ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनमा शुक्रबारदेखि शुरु भएको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो कुरा बताएका हुन् । मुख्यमन्त्री पौडेलले चितवन र मकवानपुरलाई जोडेर औघौगीक करिडोर बनाउने र लगभग पाँच वर्षभित्र सकिने गरी काम अघि बढाउने मुख्यमन्त्री पौडेलले बताए ।  उनले चितवनलाई समृद्ध… विस्तृत समाचार

समृद्ध सिन्धुली अभियानले महाभारत पदमार्गको अध्ययन गर्ने

काठमाडौं, २२ चैत । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्ने भएको छ । अध्ययनका लागि बुधबार अभियानको टोली त्यसतर्फ प्रस्थान गरेको छ । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका ब्यक्तिहरु सहभागी छन् । टोलीलाई राजधानीमा बुधबार विदाइ गरिएको छ ।  ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गरिने अभियन्ता सौरभ ढकालले बताए… विस्तृत समाचार