पर्यटन

​व्हिलचेयरमै नेपाल घुम्दै तीन इजरायली

काठमाडौं, १८ मंसिर । सोसना ब्लिन्डर ५० वर्षदेखि लगातार व्हिलचेयरमा छिन् । पोलियोका कारण दुवै खुट्टा नचलेपछि उनले व्हिलचेयरको भर पर्नुपरेको हो । उनी अत्याधुनिक व्हिलचेयर र सहयोगीका साथमा घुमफिर गर्छिन् । अहिले नेपाल आइपुगेकी सोसना भन्छिन्, ‘मलाई आफू अपांग हुँ भन्ने नै लाग्दैन ।’ कान्तिपुर दैनिकमा खबर छ । व्यवस्थापन तथा अक्कुपन्चरमा स्नातकोत्तर उनी पछिल्लो समय आफूजस्तै अपांगता भएकालाई व्हीलचेयर तथा अन्य उपकरण तथा… विस्तृत समाचार

वृत्तचित्रमा दुई दर्जनभन्दा बढी पर्यटकीय स्थल

इलाम, १७ मसिर । इलामका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ ।  मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीय स्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भए पनि तिनको उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्नुका साथै पर्यटन विकास हुन नसकेको ठहर गर्दै समितिले वृत्तचित्रमार्फत प्रचार थालेको समितिका कार्यकारी निर्देशक केशव… विस्तृत समाचार

४५ करोडको मस्यौदा बेकामे

काठमाडौं, १३ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि ४५ करोड रुपैयाँ (४२ लाख अमेरिकी डलर) खर्चेर बनाएको ऐनको परिमार्जित मस्यौदा बेकामे भएको छ । प्राधिकरणका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा नागरिक उड्डयन तथा क्षमता विकाससम्बन्धी स्पेनिस कन्सल्टेन्सी कम्पनी इनेगोले तयार पारेको ऐनको मस्यौदा बेकामे भएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । मस्यौदा काम नलाग्ने भएपछि सरकारले नयाँ कमिटी गठन गरी‘नेपाल नागरिक उड्डयन… विस्तृत समाचार

त्रिभुवन सदनका सामग्री खोजी गरिँदै

काठमाडौं, २१ कात्तिक । पुनर्निर्माण कार्य सम्पन्न गरिएको त्रिभुवन सदनमा राखिने सामग्रीको खोजी कार्य थालिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले त्रिभुवन सदनको भित्री स्वरूप पनि साबिकको बनाउने प्रयास गर्न लागिएको जानकारी दिँदै भने, “घटनाका बखत त्यहाँ भएका सामग्री केही फेला परेका छन् र केही बेपत्ता पारिएका छन् । खोजी कार्य थालेका छौँ । त्रिभुवन सदनको भित्री स्वरूपलाई सक्दो दुरुस्त बनाउने प्रयासमा छौँ… विस्तृत समाचार

आज अधिकांश उडान प्रभावित हुने

काठमाडौं, १९ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिकतर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् । कारोबार दैनिकमा खबर छ । अति विशिष्ट (भीभीआईपी) उडानका कारण आन्तरिकतर्फका प्रायजसो उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । पोखरातर्फ भने बिहानका केही उडानबाहेक सबैजसो उडान रद्द हुने भएका छन् । काठमाडौं–पोखरा तथा पोखरा–काठमाडौं दैनिक झन्डै ३८ वटा उडान हुँदै आएको… विस्तृत समाचार

राजा योगनरेन्द्रको सालिक हेर्न अमेरिकाबाट पाटनमा

–सञ्चिता घिमिरे  ललितपुर, १२ कात्तिक । हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ ।  सालिकको मात्रै नभई सिङ्गो पाटनका बारेमा हजुरबाबाट सुनेका पिफ्रिर्कन भूकम्पपछिको अवस्था हेर्नकै लागि आएका बताएको पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए । अघिल्लो… विस्तृत समाचार

मुखर्जीको भ्रमणमा विमानस्थल प्रभावित हुने

काठमाडौं, ११ कात्तिक । मुलुकमा एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो । त्यस बेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने… विस्तृत समाचार

​काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य बनाइने

काठमाडौं, १० कात्तिक । काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नपा एक साझेदारी कार्यक्रम’अनुसार १० स्थानलाई पर्यटन गन्तव्य बनाइने भएको खबर कारोबार दैनिकमा छापिएको छ । काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३र०७४ मा एक नगरपालिका एक उद्यान र एक नागरपालिका एक पोखरी कार्यक्रमलाई अघि बढाइने उल्लेख छ । आन्तरिक तथा… विस्तृत समाचार

आन्तरिक उडानमा डेढ दर्जन विमान थपिँदै

काठमाडौं, ३ कात्तिक । स्वदेशी वायुसेवा कम्पनीहरुले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमान थप्ने भएका  छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने प्रक्रिया सुरु गरिसकेको छ भने निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा विमान थप्ने प्रक्रिया सुरु गरेको कारोबार दैनिकमा समाचार छ । यती एयरलाइन्सले जेटस्ट्रिम विमान विस्थापन गरेर एटीआर ७२ विमान ल्याउने योजनाअन्तर्गत ४ वटा जहाज… विस्तृत समाचार

पहुँचवालालाई मात्रै जहाज, बाहिरै दसैं

काठमाडौं, २ कात्तिक। हवाई टिकट नपाउँदा कर्णाली  अञ्चालका थुप्रै सर्वसाधारणले नेपालगन्जमै दसैं मनाएका छन् । हवाई यातायातको विकल्प नभएका कर्णाली अञ्चलको हुम्ला र डोल्पाका सर्वसाधारण जहाजको टिकट नपाएर दसैंमा घर जान नपाई अलपत्र परेका हुन् । जहाजको टिकट नपाएका कर्णालीवासीले नेपालगन्जमा आफन्त इस्टमित्र तथा संगीको घरमा आश्रय लिएर दसैं मनाएको खबर कारोबार दैनिकमा छापिएको छ । निजी वायुसेवाले कर्णालीमा उडान सेवा निगमको उडान तालिका कम… विस्तृत समाचार