वाचडग

असफल राष्ट्र

शम्भु श्रेष्ठ । चौथो पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको सरकारले सय दिन पूरा गरेको छ । यो सय दिनभित्र देउवाले जनताका लागि खासै केही काम गर्न नसके पनि सय दिन पूरा भएकोमा यसैलाई ठूलो उपलब्धि मानेको छ । वास्तवमा देउवाको सरकार देश र जनताका लागि केही गर्न होइन, भारतको इशारामा संविधान संशोधन गर्न बनेको सरकार हो । तर, ऊ यस पटक संविधान संशोधन गर्न असफल… विस्तृत समाचार

​विपीकै अपमान

शम्भु श्रेष्ठ । राजनीतिलाई विकृति र विसंगतिबाट जोगाउन सकिएन भने लोकतन्त्र कुरुप हुँदै जान्छ । त्यस्तो अवस्थामा जनता चरम निराशामा पुग्छन् र आन्दोलित बन्छन् । नेपालको राजनीति हरेक दश दश वर्षमा परिवर्तन हुनुको मुख्य कारण पनि यही नै हो । हरेक राजनीतिक परिवर्तनमा जनताको सहभागिता हुने गरेको छ । त्यसको अर्थ जनताले राजनीतिक परिवर्तनबाट सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको अपेक्षा गरेका हुन्छन् । राजनीतिक परिवर्तनपछि… विस्तृत समाचार

​मृत्युदण्ड !

शम्भु श्रेष्ठ । जुन देशको संसदमा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, लागूऔषध बिक्री, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायतका कसुरमा जन्मकैद वा २० वर्ष कैद सजाय पाएका अपराधीलाई पनि निर्वाचन लड्न दिनुपर्छ भनेर बहस चल्छ, त्यो देशका सांसदबाट जनताले के आशा राख्ने ? संसदमा अहिले यो छलफलको विषय बनेको छ । यसै घटनाबाट थाहा हुन्छ हाम्रा मन्त्री, सांसद कति भ्रष्ट र अपराधिक मनोवृत्तिका छन् भन्ने कुरा ।… विस्तृत समाचार

​न्यायालयमा नैतिकता

शम्भु श्रेष्ठ । – भदौ ४ गते आइतबार विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक मनांगेलाई सफाई दिइएको खबर प्रकाशित भयो । मनांगेविरुद्ध २०७० जेठ ५ गते १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको अवैद्य सम्पत्ति राखेकोे आरोप थियो । – सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई बिना धरौटी रिहा गर्ने आदेश दियो ।… विस्तृत समाचार

​राजनीतिमा नैतिकता

शम्भु श्रेष्ठ । लोकतन्त्रको जग भनेको राजनीतिक पार्टीहरुप्रति जनताको विश्वास हो । लोकतन्त्रको जगमा उभिएर राजनीति पार्टीका नेताहरुले स्वेच्छाचारी निर्णय गर्दै गए भने लोकतन्त्रप्रति नै जनताको विश्वास धरमराउँछ । लोकतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला राजनीतिक दलका नेताहरुमा उच्च नैतिकता हुनुपर्छ । पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी लाग्न थालेको छ । शासन सत्तामा बस्नेहरु आफ्नै निर्णयका कारण अलोकप्रिय बन्दै गएका छन् । सार्वभौम संसदमा हुने… विस्तृत समाचार

​भ्रष्ट नेता र दरिद्र जनता

शम्भु श्रेष्ठ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाप्रति जनताको विश्वास ह्रास हुनु भनेको लोकतान्त्रिक मूल्य र मान्यता कमजोर हुँदै जानु हो । जुन देशमा लोकतान्त्रिक संस्कृतिको विकास हुँदैन, त्यो देशमा राजनीतिक स्थिरता, सुशासन र कानुनीराज स्थापित हुन सक्दैन । यसो हुनुको प्रमुख कारण राजनीतिक दलका नेताको भ्रष्ट मानसिकता र चरित्र नै हो । चुनाव जित्न लाखौं रकम खर्च गर्ने र चुनाव जितेपछि करोडौं कमाउने सोचले गर्दा… विस्तृत समाचार

​लालु र देउवा

शम्भु श्रेष्ठ । स्थानीय तहको निर्वाचनमा सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रित भयो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिष्ठाको विषय बन्यो भरतपुर महानगर । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले माओवादी केन्द्रकी मेयरकी उम्मेदवारलाई भोट मागे । नेपाली कांग्रेसकै इतिहासमा यो अनौठो समीकरण थियो । खासगरी एमालेलाई देशभरबाट एक्ल्याउन विदेशी शक्तिको आडमा स्थानीय निकायमा कांग्रेस–माओवादी गठबन्धन गरिएको थियो ।… विस्तृत समाचार

​धरातलबिहीन प्रचण्ड

शम्भु श्रेष्ठ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय हारेको झोंकमा पार्टी नै विघटन गर्ने घोषणा गर्नुलगत्तै सर्वोच्च अदालतले भरतपुर प्रकरणमा पुनः मतदानको आदेश दिएको छ । सर्वोच्चको यो आदेशले चुनाव हारिसकेकी प्रचण्डपुत्री रेणु दाहालका लागि केही राहत भए पनि प्रचण्डले पार्टी नै विघटन गर्ने धम्की दिनुको पछाडि उनको राजनीतिक भविष्य जोडिएको छ । संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंबाट भारी मतले विजयी बनेका प्रचण्डमा सत्ताको उन्माद नचढेको… विस्तृत समाचार

​वीपीको आदर्श, देउवाको चरित्र

शम्भु श्रेष्ठ । अरु बेला जननायक वीपी कोइराला र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई नसम्झिए पनि वर्षको एक दिन अर्थात् साउन ६ र ७ गते दिवंगत नेताहरुलाई स्मरण गर्ने परम्परा जारी छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँहरुको अतुलनीय योगदानको कदर गर्दै दिवंगत नेताको फोटो र शालिकमा माल्यार्पण गर्ने मात्र होइन, उहाँको योगदानबारे चर्चा गर्न विचारगोष्ठी पनि आयोजना गरिँदै आएको वर्षौ भयो । गोष्ठीमा उहाँहरुको संघर्षमय जीवनयात्रादेखि… विस्तृत समाचार

​भोट के मा ?

शम्भु श्रेष्ठ । ‘नेपाली कांग्रेस जिन्दावाद । भोट के मा ? हसियाँ हथौडामा ।’ यो नारा राजनीति नबुझ्ने माओवादी कार्यकर्ताले लगाएका होइनन् । यो नारा त नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लगाएका हुन् । यो नारा सुनेपछि स्थानीय निर्वाचनमा कांग्रेस किन हा¥यो भन्ने विश्लेषण गरिरहनु परेन । स्वयं देउवाले नै हसियाँ–हथौडामा भोट हाल्न आफ्ना कार्यकर्तालाई आह्वान गरेपछि कांग्रेस पहिलो पार्टी बन्छ कसरी ?… विस्तृत समाचार