वाचडग

​न्यायाधीशमाथि नै अन्याय ?

शम्भु श्रेष्ठ ।  संसदीय सुनुवाई विशेष समितिले संवैधानिक परिषद्द्वारा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि जोशीले विज्ञप्तिमार्फत आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रबारे सम्बन्धित निकायसँग बुझ्दै नबुझी पूर्वाग्रह राखेर संसदीय समितिले आफूमाथि अन्याय गरेको दाबी गरेका छन् । यदि शैक्षिक योग्यताकै कारण उनको नाम संसदीय समितिले अस्वीकृत गरेको हो र जोशीको दाबी सत्य हो भने निश्चितरुपमा उनीमाथि अन्याय… विस्तृत समाचार

​माछा माछा भ्यागुता

शम्भु श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुदेखि नै भ्रष्टाचारप्रति आक्रामक बनेका छन् । उनी प्रधानमन्त्री बनेको पाँच महिना बित्यो । यो पाँच महिनामा ओलीले जुनसुकै मञ्चबाट पनि भ्रष्टाचारीलाई कारवाही गरेरै छाड्ने बचनवद्धता मात्रै व्यक्त गर्दै आएका छन् । सरकार प्रमुखले बोलेको कुरा जुनसुकै देशमा लागू हुन्छ र त्यसलाई कानूनसरह ठानिन्छ । तर, नेपालमा प्रधानमन्त्रीले के बोल्दछन्, के गर्छन् भन्ने कुरा नेपाली जनताले विश्वास गर्न… विस्तृत समाचार

​डा. केसीलाई बचाउने हो भने

लोकतन्त्रमा जनता नै निर्णायक शक्ति हुन्छन् । जनता जति बलियो भयो, लोकतान्त्रिक शासन पद्धति पनि त्यत्ति नै बलियो हुँदै जान्छ । यसलाई अन्यथा लिइनु हुँदैन । लोकतन्त्रमा शान्तिपूर्ण विरोध वा समर्थन गर्न पाउनु नागरिकको अधिकार हो । त्यसलाई आत्मसात गर्नु सरकारको उच्च राजनीतिक संस्कार हो । उच्च राजनीतिक संस्कार र चरित्रबिना लोकतन्त्र समृद्ध बन्न सक्दैन । त्यसैले शासकहरुले लोकतान्त्रिक मूल्य मान्यतालाई अंगिकार गर्दै गए भने… विस्तृत समाचार

बाँचुन्जेल हो जिन्दगी

परिवर्तनशील दुनियाँमा सधैं बाँचेको को छ र ?  बाँचुन्जेल हो जिन्दगी मर्नु त छदै छ । यी कविताका हरफहरु प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरीमा वाचन गरेका हुन् । ओलीका यी कविताका हरफ सामाजिक सञ्जालमा पढिरहेका मानिसहरुले यति कमलो कवि मनका ओली डा.गोविन्द केसीको अनसनप्रति किन कठोर भएका होलान् भनेर टिप्पणी गरिरहेका थिए । एकातिर चन्द्रागिरीको चुचुरोमा पुगेर देशका प्रधानमन्त्री ओलीले यी कविताका हरफ पढिरहेका थिए… विस्तृत समाचार

​स्वास्थ्यकर्मीलाई धम्कीको भाषा

शम्भु श्रेष्ठ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको मागलाई लिएर नेपाल चिकित्सक संघले विभिन्न राजनीतिक दलका नेता भेटेका छन् । चिकित्सा शिक्षा विधेयक सर्वसाधारण जनताको हितमा भन्दा मेडिकल माफियाको हितमा ल्याइएको भन्दै १४ दिनदेखि डा. केसी जुम्लामा अनसनरत छन् । दिनहुँ अखबारमा डा. केसीको स्वास्थ्य स्थिति गम्भीर भएको उल्लेख गरिए पनि सरकार भने डा. केसीको स्वास्थ्यप्रति गम्भीर देखिएको छैन । सरकारको यस्तो रवैयाप्रति सिंगो… विस्तृत समाचार

​सरकारलाई केसीको मागभन्दा स्वास्थ्यको चिन्ता

शम्भु श्रेष्ठ  । डा. गोविन्द केसी अनसन बसेको पन्ध्र दिन बितिसक्यो । मिडियामा आएको खबर अनुसार उनको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको छ । उनीले बोल्नसमेत सकिरहेका छैनन् । कोही मानिस भेट्न गएमा उनले टुलुटुलु हेर्ने मात्र गर्छन् । डा. केसीको बिग्रदो स्वास्थ्य अवस्थालाई लिएर नेपाल चिकित्सक संघले गहिरो चिन्ता व्यक्त गरेको छ ।  केसीको माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्रीदेखि शिक्षमन्त्रीसम्मलाई भेटिसके । शिक्षामन्त्री गिरिराजमणि… विस्तृत समाचार

​कहिल्यै अनसन बस्न नपरोस्

शम्भु श्रेष्ठ । सदन र सडकमा प्रतिपक्ष नेपाली कांग्रेसले डा. गोविन्द केसीको समर्थनमा बोल्यो भन्दैमा उनीमाथि कांग्रेसको एजेन्डा बोक्यो भनेर आरोप लगाउनु केसीमाथि अन्याय हुनेछ । लोकतन्त्रमा  समर्थन र विरोध गर्ने अधिकार नेपाली कांग्रेसका लागि मात्र होइन, हरेक सचेत नागरिकमा सुरक्षित हुन्छ । त्यही सचेत नागरिकको नाम हो डा. गोविन्द केसी । स्वास्थ्य क्षेत्रमा चरम लापरवाहीका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् । देशैभरिका अस्पतालमा… विस्तृत समाचार

​केसीविरुद्ध विषवमन ?

– शिक्षण अस्पतालमा जागिर खाने । सरकारी सेवा सुविधा लिने । अनि जुम्लामा गएर आन्दोलन गर्ने ? अनसन बस्ने वाह, डाक्टर केसी  ? – सरकारी जागिर खाएर सरकारकै विरोध गर्न पाइन्न । अनसन बस्ने रहर छ भने टिचिङ अस्पतालको जागिरबाट राजीनामा गर, डा. केसी । – अस्पताल निषेधित क्षेत्र हो । डाक्टरको काम विरामीको सेवा गर्ने हो । निषेधित क्षेत्रमा गएर अनसन बस्नेलाई सरकारले पक्राउ… विस्तृत समाचार

​विचरा कांग्रेस

पहिला पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्य गर्नुप¥यो भने– ‘बिरालोलाई रिस उठ्यो भने खाबो चिर्थोछ’ भन्थे । अहिले यो व्यंग्य कांग्रेस सभापति शेरबहादुर देउवाको व्यवहारसँग मिल्दोजुल्दो छ । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताले सिंगो जीवन अर्पण गरेर बनाएको नेपाली कांग्रेस आज विचारले होइन, रिसले चल्न थालेको छ । एउटा ऐतिहासिक राजनीतिक पार्टी जब नीति सिद्धान्तविहीन बन्दै जान्छ, तब… विस्तृत समाचार

​दृष्टिका अभिभावक

साँचो अर्थमा भन्ने हो भने सादा जीवन उच्च विचारका नेता थिए– मदन भण्डारी । नक्सालमा शैलेन्द्रजंग  थापाको घरमा उनको साधारण डेरा थियो । नक्साल डेराबाट बिहान १०–११ बजे प्रायः उनी साइकल चढेर दैनिक बागबजारस्थित नेकपा मालेको कार्यालयमा आइपुग्थे । कहिलेकाहीँ मात्र उनी घरबेटी थापाको रातो कारमा देखिन्थे । जनताको नेता भएरै होला उनीलाई जिउज्यानको मतलब थिएन । उनी हिंड्ने बाटोको अगाडि पछाडि न त सुरक्षाकर्मीको… विस्तृत समाचार