वाचडग

​देउवालाई साढेसात

शम्भु श्रेष्ठ । सुन्दा पनि अचम्म लाग्छ, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म अन्धविश्वासी छन् भन्ने कुरा । गत साता अन्धविश्वासले डो¥याएका देउवाले बालुवाटार भित्रनुअघि कालो बोकाको बलि बढाए । प्रधानमन्त्री नियुक्त भइसकेपछि बालुवाटार डेरा सर्न कालो बोकोको बलि चढाउने कुसंस्कृतिलाई देउवाले पनि निरन्तरता दिए । गत जेठ २४ गते प्रधानमन्त्री नियुक्त भएका देउवा जेठ ५ गते मात्रै बालुवाटार डेरा सरे । ढिलो सर्नुको कारण पनि… विस्तृत समाचार

​असक्षम देउवा

शम्भु श्रेष्ठ । दिनको संकेत बिहानीले गर्छ भनेझै शेरबहादुर देउवाको चौथो कार्यकाल पनि दुर्घटनामै बित्ने संकेत देउवा आफैँबाट सुरु भएको छ, दुई नम्बर प्रदेशको चुनाव असोजमा सारेर । राष्ट्रिय जनता पार्टीको आग्रहमा देउवाले दुई नम्बर प्रदेशको चुनाव सारेको बाहिरी प्रचार गरिए पनि भित्री षड्यन्त्र संविधान कार्यान्वयन हुन नदिनकै लागि हो । असोज २ गतेका लागि सारिएको प्रदेश नं. २ को स्थानीय निकायको निर्वाचनमा राजपालाई सहभागी… विस्तृत समाचार

​मधेस : चिन्ता हाम्रो चासो अरुको

शम्भु श्रेष्ठ । हामी दोस्रो चरणको स्थानीय निर्वाचनको तयारीमा छौं । दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्ने भनेर घोषणा भइसकेको थियो । तर, मुस्लिमको चाड रमजानलाई ध्यानमा राखेर असार १४ गतेलाई उक्त चुनाव सारिएको छ । पहिलो चरणका स्थानीय तहको निर्वाचनमा जनता जति उत्साही थिए, दोस्रो चरणको निर्वाचनमा पनि जनताको त्यो उत्साह घटेको छैन, अरु बढेको छ । देशभरि उर्लिएको जनताको यो उत्साह नै… विस्तृत समाचार

देशकै दुर्भाग्य

शम्भु श्रेष्ठ । देशकै दुर्भाग्य भनौं, जो तीनपटकसम्म यो देशको असफल प्रधानमन्त्री बने तिनै व्यक्तिलाई विदेशी आडमा चौथो पटक नेपालको प्रधानमन्त्री बनाइँदैछ । पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिकरुपमै असक्षम घोषणा गरेर प्रधानमन्त्री पदबाट गलहत्याइएका देउवालाई पुनः विदेशी शक्तिले नेपालको प्रधानमन्त्री बनाउनुका पछाडि गम्भीर षड्यन्त्रहरू लुकेका छन् । देश अहिले पनि संक्रमणकालबाट गुज्रिरहेको छ । स्थानीय निकायको दोस्रो चरणको निर्वाचन मिति नजिकै छ । त्यसपछि प्रदेश र केन्द्रको… विस्तृत समाचार

गणतन्त्रको पुच्छर

शम्भु श्रेष्ठ । दशौं गणतन्त्र दिवस मनाइरहँदा हामीले दश वर्षे माओवादी ‘जनयुद्ध’ र त्यसले नेपाली जनताको मनमा पारेको चोट र पीडालाई पनि सम्झिरहेका छौं । सुन्दर शान्त नेपालमा माओवादीको माध्यमबाट नेपाली जनतामाथि ‘जनयुद्ध’ थोपरिनुका पछाडिको कारण गणतन्त्र स्थापना गर्नु थियो । दुई सय चालिस वर्षको राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापनाका लागि नयाँदिल्लीमा बाह्र बुँदे सहमति भएको कुरा पनि सायदै नेपाली जनताले बिर्सिएका होलान् । माओवादी… विस्तृत समाचार

​जनता लाटा छैनन्

शम्भु श्रेष्ठ । लोकतन्त्रको जग भनेकै निर्वाचन हो । हरेक तहमा निर्वाचनको माध्यमबाट जनताले आफ्ना प्रतिनिधि चयन गर्ने विधिलाई नै लोकतान्त्रिक विधि भनिन्छ । हामीले पनि यही विधिद्वारा आफ्ना जनप्रतिनिधि छान्दै आएका छौं । हामीले छानेका प्रतिनिधि कति सक्षम छन् भन्ने कुराले राज्य सञ्चालनमा निर्णायक भूमिका खेल्छ । यदि हामीले छानेका जनप्रतिनिधि भ्रष्ट र अपराधिक चरित्रको छ भने त्यसले लोकतन्त्रकै धज्जी उडाउँछ । अहिले नेपालको… विस्तृत समाचार

​जनताको मत

शम्भु श्रेष्ठ । राजनीति भनेको फोहोरी खेल हो भन्ने सुन्दा सायद भारतको विहारको लालुको चरित्रलाई लिएर मानिसहरुले यस्तो टिप्पणी गरेका होलान् भन्ठान्थे । तर, समय क्रमले नेपाली जनतालाई आज त्यही नियति भोग्न बाध्य बनाएको छ । खासगरी माओवादी र कांग्रेसबीच स्थानीय निकायको चुनावमा तालमेल भएपछि आफूलाई जीवनभर प्रजातन्त्रवादी भनाउनेहरु डाडुमा पानी तताएर आत्महत्या गर्ने स्थितिमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि… विस्तृत समाचार

​राजनीतिक गुन्डागर्दी

शम्भु श्रेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजनीतिक गुन्डागर्दीलाई सर्वोच्च अदालतको पछिल्लो निर्णयले झापड हानेको छ । सर्वोच्च अदालतको झापडबाट रन्थनिएका प्रचण्ड र देउवाले आफ्नो गल्तीलाई ढाकछोप गर्न अझैपनि शक्तिका आँडमा सर्वोच्चमाथि घुर्की लगाइरहेका छन् । जो मानिसले आफ्नो गल्ती कमजोरीलाई सच्याउँदैन, त्यसको पतन कसैले निम्त्याउन पर्दैन । त्यो आफैँ पतित भएर जान्छ भन्ने कुराको पछिल्लो उदाहरण यी दुई नालायक अनुहार… विस्तृत समाचार

​निर्लज्ज सरकार

शम्भु श्रेष्ठ । माओवादी–कांग्रेस सरकारको निर्माण कसको निर्देशनमा किन भयो भन्ने कुरा लुकेको छैन । नेपालमा संविधान कार्यान्वयन हुन नदिने र नेपाललाई अस्तव्यस्त बनाएर आफ्नो स्वार्थपूर्ति गर्ने उद्देश्यले यो सरकारको गठन भएको हो । एक वर्षभित्र तीन तहको निर्वाचन भएन भने यो संसद विघटन हुनेछ र संविधान कागजको खोस्टामा परिणत हुनेछ । त्यसका लागि बाधक को–को हुन सक्छन् भनेरै तिनीहरुलाई छानीछानी डण्ड चलाउने निर्देशन बमोजिम… विस्तृत समाचार

​जंगली राज

शम्भु श्रेष्ठ । प्रचण्ड सरकार विधिको शासनबाट होइन, सनकको भरमा चलेको छ भन्ने कुरा डीआईजी नवराज सिलवालको गिरफ्तारीले पुष्टि गरेको छ । फरक यति हो, हिजो प्रचण्डले जंगली शासन गर्थे भने आज प्रधानमन्त्रीको कुर्चीमा बसेर कानुनीराजको धज्जी उडाइरहेका छन् । सरकारले सबैभन्दा पहिला त सिलवाललाई आईजी बन्न नदिएर अन्याय गरेको छ । त्यसमाथि सर्वोच्च अदालतमा न्याय माग्न गएका सिलवाललाई गिरफ्तार गरेर आफ्नो कमजोरी छोप्न खोजेको… विस्तृत समाचार