वाचडग

​मिडियाको दायित्व

मिडिया समाज परिवर्तनको महत्वपूर्ण अंग हो । मिडिया क्षेत्रको विकास र विस्तारले समाजलाई दूू्रतगतिमा अगाडि बढाइरहेको छ । बिहान उठेदेखि बेलुकी नसुतेसम्म समाजलाई सूचनाको भोक जागेको हुन्छ । त्यो भोक मेटिएपछि मात्रै मानिसले आफूलाई सन्तुष्ट ठान्छ । यसै प्रसंगमा हामी मिडियाकर्मीले सोच्नुपर्ने कुरा के हो भने, हामीले गरेको पत्रकारिताबाट देश, समाज र जनता कति सन्तुष्ट छन् ? त्यतातिर ध्यान पु¥याउन नसक्दा मिडियाले जति विकास गरेको… विस्तृत समाचार

लम्पसारवाद

राजनीति भनेको जीविकोपार्जन गर्ने पेशा होइन । यो त देश र जनताको सेवा गर्ने माध्यम हो । राजनीतिमा आएर जसले देश र जनताको सेवा गरेका छन्, तिनको नाम इतिहासमा अंकित छ । राजनीतिलाई माध्यम बनाएर जसले देश र समाज बर्बाद पारेका छन्, तिनको नाम पनि इतिहासमा कलंकित बनेको छ । इतिहासले कस्तो नया“ नेपाल बनाउने भन्ने जिम्मेवारी एमाले, माओवादी र कांग्रेसको का“धमा सुम्पिएको छ ।… विस्तृत समाचार

​बन्द नेपालमा प्रणवको स्वागत

शम्भु श्रेष्ठ । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै भयो भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण । सायदै विश्वका कुनै देशले भारतीय राष्ट्रपतिको भ्रमणमा बिदा दिने र अघोषित कफ्र्यू लगाउने परम्परा थालेको होलान् । त्यो देश पनि नेपाल नै बनेको छ । तीन दिनसम्म काठमाडौंका जनतालाई अस्तव्यस्त बनाएर गरिएको मुखर्जीको भ्रमणलाई नेपाल सरकारले अति सफल भने पनि नेपाली जनताले त्यो सफतलाको अनुभूति गर्न… विस्तृत समाचार

तावाको माछा भुंग्रोमा

शम्भु श्रेष्ठ । – शक्ति भनेको यस्तो कुरा हो, जसलाई सन्तुलनमा राख्न सकिएन भने त्यसले आफैँलाई क्षय गर्छ । शक्तिको दुरुपयोग गरेर विश्वमा तानाशाह जन्मिएको धेरै उदाहरण छन् । तर, ती तानाशाहहरु टिकेको उदाहरण एउटा पनि छैन । शक्तिलाई सन्तुलनमा राख्न सकिएन भने त्यसले जतिसुकै ठूलो वा शक्तिशाली व्यक्तिलाई पनि क्षणभरमै खरानी बनाउन सक्छ । – गणतन्त्र स्थापना भइसकेपछि तपाईंको  अवस्था कस्तो थियो ? सायद… विस्तृत समाचार

दुर्गन्धित देश

हामीले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौं भन्ने कुराले देश विकासको भविष्य निर्धारण गर्छ । राजतन्त्रको ठाउ“मा गणतन्त्र, प्रजातन्त्रको ठाउ“मा लोकतन्त्र ल्याएर मात्रै देश विकास हुन सक्दैन । त्यसका लागि राजनीतिक दलका नेता कार्यकर्तामा लोकतान्त्रिक चरित्र निर्माण हुनु आवश्यक छ । लोकतन्त्र भनेकै सभ्य समाजको परिकल्पना हो । अमेरिका, बेलायत, जापानलगायत युरोपका विभिन्न मुलुकहरु लोकतन्त्रकै माध्यमबाट सभ्य र समृद्ध बनेको छ । त्यहा“का नागरिकहरुले लोकतन्त्रलाई आफ्नो… विस्तृत समाचार

​गृहयुद्धको प्रतीक्षा ?

नेपालको राजनीतिले गणतन्त्रसम्मको फन्को मार्दा धेरै भूरे टाकुरे नेता जन्माए । तर, एक जना पनि राजनेता जन्माउन नसक्दा गणतन्त्र अलपत्र पर्ने अवस्थामा छ । नेपालका ठूला दल मात्र होइन, साना दलहरु पनि गुट, उपगुटमा विभाजित छन् । नेतापिच्छेका नीति, विचार छन् । कुन पार्टीको कुन नीति ठोस हो, त्यो कुरा स्वयं कार्यकर्तालाई पनि थाहा छैन । कार्यकर्ता पनि आफ्नो स्वार्थसिद्ध गर्न गुटबन्दीमा लागेका छन् ।… विस्तृत समाचार

​अर्को राष्ट्रघात

नेपालको प्रधानमन्त्रीको हैसियतले भारत जा“दा चीन, चीन जा“दा भारतको विषयमा कुरा उठाउनु कुटनीतिक अपरिपक्वता हो । चीन र भारत दुवै हाम्रो छिमेकी हुन् । तिनीहरुस“ग हामीले समदूरीको सम्बन्ध स्थापित गर्नुपर्छ । अनि मात्रै हामीले दुवै देशको  विश्वास जित्न सक्छौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकीस“ग समदूरी राख्ने प्रयास गर्दा भारत रुष्ट भयो । हामी आफूलाई स्वतन्त्र, सार्वभौम राष्ट्र पनि भन्ने, अनि आफ्नो राष्ट्रको… विस्तृत समाचार

​दाहाल किन मौन ?

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ ३० गतेदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । दाहालका अनुसार यो एजेन्डा बिहीन भ्रमण भएकाले यो भ्रमण नेपाली जनताका लागि ‘कौवालाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझै हुनेछ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहाल किन यति कमजोर रुपमा प्रस्तुत भइरहेका छन् ? उनको अभिव्यक्तिले नेपालका प्रधानमन्त्रीहरुमध्ये उनी आफूलाई सबैभन्दा कमजोर प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै आएका छन् । ‘भारत’ शब्द सुन्नासाथ प्रधानमन्त्री दाहाल… विस्तृत समाचार

​जिरो कि हिरो

यो ‘नर्मल’ अवस्था होइन । त्यसैले पनि सबै प्रमुख राजनीतिक दलहरु संविधान कार्यान्वयनमा गम्भीर हुनुपर्ने हो । तर, कोही गम्भीर भएको देखिँदैन । कांग्रेस, एमाले र माओवादी एक ठाउँ नउभिएसम्म संविधान कार्यान्वयनको सम्भावना छैन । यी प्रमुख दललाई मिल्नै नदिने उद्देश्यले फुटाइएको छ । संविधान जारी गर्दा एक ठाउँ उभिएका यी तीन पार्टी फुट्नुमा विदेशीको हात रहेको कुरा कसैबाट छिपेको छैन । त्यसमाथि प्रचण्ड र… विस्तृत समाचार

​प्रचण्डलाई सिधा प्रश्न ?

बीसौं वर्षदेखि राजनीतिक अस्थिरता झेलिरहेका नेपाली जनताको मुहारमा कुनै पनि सरकारले खुशी भर्न सकेनन् । केही होला कि भनेर जनता जहिले पनि राजनीतिक परिवर्तनको बाटोमा लागे । तर, जुन जोगी आए पनि कानै चिरेको उखान चरितार्थ भयो । लोकतन्त्रमा निराशाले आशा जगाउनु पर्ने हो । तर, नेपालमा निराशाले आशा होइन, विद्रोह जन्माएको धेरै उदाहरण छन् । जसका कारण हरेक नेपाली नागरिकको सोच नकारात्मक बन्दै गएको… विस्तृत समाचार