वाचडग

​कता जाँदैछ देश ?

सबैको मुखमा एउटै प्रश्न झुन्डिएको छ, त्यो के हो भने आगामी २०७४ साल माघ ७ गतेभित्र संविधानबमोजिम प्रतिनिधिसभाको निर्वाचन भएन भने के हुन्छ ? के हुन्छ भन्ने कुराको वास्तविकता त्यतिबेला नै थाहा होला । तर, धेरैले त्यसपछिको अवस्थाका विषयमा विभिन्न अड्कल काटिरहेका छन् । कसैले संसद स्वत: भंग हुन्छ र स्वतन्त्र व्यक्तिको नेतृत्वमा अर्को चुनावी सरकार गठन हुन्छ भन्छन्, कसैले २०४७ सालको संविधान ब्युँतन्छ भनिरहेका… विस्तृत समाचार

​प्रचण्डको ‘मृत्युपत्र’

नेपालको इतिहासमा कम्युनिष्ट पार्टीबाट दोस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि सायद यो नै अन्तिम अवसर हो । प्रचण्डको पार्टीले संसदमा बहुमत जुटाएर उनी प्रधानमन्त्री बनेका होइनन् । केपी ओलीको सरकार ढाल्न कसैले उनको पक्षमा बहुमत जुटाइदिएको हो । प्रचण्डको पक्षमा जसले जे का लागि बहुमत जुटाइदिएको हो, त्यसको अभिष्ट पूरा भइसकेको छ । यही अभिष्ट पूरा गर्न उनलाई कांग्रेस सभापति शेरबहादुर देउवामार्फत्… विस्तृत समाचार

केसी र कार्की

भनिन्छ, लोकतन्त्र विश्वमै सबैभन्दा खत्तम व्यवस्था हो । तर के गर्नु यो भन्दा अर्को कुनै राम्रो व्यवस्था नभएकैले लोकतन्त्रलाई नै सबैले राम्रो व्यवस्था हो भनेर मान्न बाध्य छन् । जुनसुकै व्यवस्था पनि आफैँमा खराब हुँदैन । व्यवस्थालाई कस्तो बनाउने भन्ने जिम्मेवारी त्यस देशका शासक र जनताको हो । जुन देशमा जनता जागरुक र शिक्षित छन्, त्यस देशका शासक पनि जनताप्रति उत्तरदायी हुन्छन् । जुन देशमा… विस्तृत समाचार

अर्को बुख्याँचाको उदय

राजनीति भनेको कुर्चीको खेल मात्र होइन । राजनीति भनेको देश र समाज परिवर्तनको संवाहक पनि हो । राजनीतिमा कस्तो नेतृत्व आउँछ भन्ने कुराले त्यो देशको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आज विश्वका जति पनि देशले आर्थिक समृद्धि हासिल गरेका छन्, त्यो कुशल नेतृत्वकै परिणाम हो । धेरै टाढा जानु पर्दैन, छिमेकी बिहार राज्यमा एक जना नितिशकुमार मात्रै नेतृत्वमा आउँदा बिहारको मुहार नै… विस्तृत समाचार

​राजनीति र नैतिकता

– शम्भु श्रेष्ठ  राजनीतिमा नैतिकताको ठूलो स्थान हुन्छ । नैतिकता बिनाको राजनीतिले न त देश बन्छ, न त लोकतन्त्र नै सुदृढ हुन्छ । अहिले पनि हामी लोकतान्त्रिक अभ्यासमा नै छौं । देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी पनि हामीमाथि नै छ । त्यसका लागि हामीमा देश बनाउने दृढ अठोट भएर मात्र पुग्दैन । उच्च नैतिक मनोबल पनि चाहिन्छ ।  नयाा संविधान बनेपछि आम नेपाली जनतामा अब… विस्तृत समाचार

​प्रचण्डको कचकच

आगामी अक्टोबर महिनामा भारतको गोवामा आयोजना हुने ‘ब्रिक’ सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सीजीनपिङ जाने भएका छन् । त्यही मौका छोपेर चिनियाँ राष्ट्रपति सीले नेपालको भ्रमण गर्ने आन्तरिक तयारी भइरहेको खबर बाहिर आएको छ । संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट भारतले पाँच महिना लामो अघोषित नाकाबन्दी लगाएपछि नेपाल–चीनबीचको सम्बन्धमा आएको चमत्कारिक परिवर्तनले नेपाली जनतालाई भविष्यप्रति आशावादी बनाएको छ । विगत ७० वर्षदेखि नेपाल भारत निर्भर रहँदै… विस्तृत समाचार

प्रचण्डको सपना

जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्तीको अवसरमा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘२०५० साल जेठ ३ गते उहाँको निधन नभइदिएको भए, जेठ १४ गते चितवनमा हाम्रो भेट हुने कार्यक्रम तय भएको थियो । हाम्रो भेटको समय ललितपुरका एक जना कमरेडले तय गर्नुभएको थियो । त्यसका लागि नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने कुराको ‘होमवर्क’ मैले गरेको थिएँ । केही बुँदाहरु पनि टिपेको थिएँ… विस्तृत समाचार

नानीदेखि लागेको बानी

राजनीतिले हरेक क्षेत्र भाँडभैलो भएको छ । हरेक पार्टीभित्र दुई/तीनवटा गुट । हरेक पेशागत संगठनमा पार्टी पिच्छेका संगठन । हरेक मदजुर संगठन आस्थाका आधारमा विभाजन । हरेक स्कुल, कलेजमा विद्यार्थी र प्राध्यापकहरुको छुट्टाछुट्टै भातृ संगठन । देशभरि छरिएका शिक्षकहरु विभिन्न पार्टीमा विभाजित । हुँदाहुँदा देशको प्रशासन चलाउने निजामती कर्मचारीहरुसमेत आस्थाको आधारमा संगठित । यति मात्रै कहाँ हो र, पत्रकार, लेखक, बुद्धिजीवी, व्यापारी, , महिला, पुरुष,… विस्तृत समाचार

बिहारी लोकतन्त्र !

देशमा युवा बेरोजगार त छदै थियो, अब राजनीतिक बेरोजगार पनि बढ्ने भयो । लोकतन्त्रको ठूलो उपलब्धि नै राजनीतिक दल खोल्नु र बेरोजगार उत्पादन गर्नु भएको छ । संविधानले नेपाली जनतालाई असीमित अधिकार दिएको छ । तर, पनि राजनीतिक दलका नेताहरुलाई ती अधिकारले पुगेको छैन । देशै टुक्र्याउने खालका अधिकारका लागि केही राजनीतिक दल लागिपरेका छन् । लोकतन्त्रको यो भन्दा ठूलो उपहास अरु के हुन सक्छ… विस्तृत समाचार

विकृति र बाबुराम

आइतबार प्रकाशित हरेक दैनिक अखबारको पहिलो पाना एउटा विज्ञापनले भरियो । त्यो विज्ञापन हेर्दा कसैलाई ‘शोले’ फिल्मको गब्बर सिंहको सम्झना आयो होला । कसैलाई चे ग्वेभाराको पोष्टजस्तो लाग्यो होला । आखिर न त त्यो अनुहार गब्बर सिंहकै थियो, न त चेकै । पत्रिका हेर्नासाथै सबैले थाहा पाइहाले, त्यो अनुहार त डा. बाबुराम भट्टराईकै हो । गत आइतबार दशरथ रंगशालामा भिड जम्मा गर्ने उद्देश्यले त्यो प्रचार… विस्तृत समाचार