जलस्रोत

​शिवम् सिमेन्टको ‘शिवम् प्लस’ ओपिसी बजारमा

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपिसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । मजबुत तथा दिगो निर्माणका लागि ‘शिवम् प्लस’ ओपिसी सिमेन्टमार्फत उपभोक्तालाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । नेपाल गुणस्तर चिह्नका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसिएएस १८००१, आइएसआई र युआरएस प्रमाणित रहेको ‘शिवम् प्लस’ सिमेन्टमा थप अटुट कम्प्रेसिभ स्ट्रेन्थ रहेको कम्पनीले दाबी गरेको छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील… विस्तृत समाचार

​नेपालबाट नौ हजार मेगावाट बिद्युत खरिद गर्ने बंगलादेशको घोषणा

ढाका । नेपालमा बल्लतल्ल लोडसेडिङ भर्खरै घटेको छ । देशको उत्पादन जम्माजम्मी दुई हजार मेगावाट पुग्न नसकिरहेको सन्दर्भमा नेपालले नयाँ अवसर प्राप्त गर्ने भएको छ । मित्रराष्ट्र बंगलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेको छ । हाल बंगलादेश भ्रमणमा रहेका उर्जा मन्त्री वर्षमान पुनलाई साक्षी राखेर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट नौ हजार मेगावाट उर्जा उत्पादन गर्ने घोषणा गरेकी हुन् ।  ढाकामा … विस्तृत समाचार

पश्चिम सेती आयोजनामा चिनियाँ कम्पनीले देख्यो यस्तो समस्या

काठमाडौं ।  सरकारले पश्चिम सेती आयोजना निर्माण गर्ने जिम्मेवारी लिएको चिनियाँ कम्पनी थ्रि गर्जेजसँग वारपार वार्ता गरेको छ । अन्तिम डिलका लागि भनेर बोलाइएको थ्रि गर्जेज कम्पनीका अधिकारीहरुले पश्चिम सेती आयोजना तत्कालको लागि आर्थिक रुपले सम्भावना नभएको कम्पनीको ट्याग भिराएर पछाडि हटेको छ । दुई दिनसम्म काठमाडौंमा चलेको वार्तामा पुरानो सम्झौताका केही प्रावधानमा परिमार्जन गरेरै भएपनि निर्माण गर्नुपर्ने नेपाली पक्षको प्रस्तावलाई चिनियाँ कम्पनीले उक्त आयोजना… विस्तृत समाचार

​आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र सुमेरु  अस्पतालवीच गत सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउनुहुनेछ । त्यस्तै आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका नीजि व्यवसायीक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ । यो सुविधा लिनका लागि… विस्तृत समाचार

​माथिल्लो कर्णालीमा आयोजना अन्योलमा, जिएमआरले लगानी जुटाउन सकेन

काठमाडौं ।  भारतीय कम्पनी जिएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन नसकेपछि आयोजना नै अप्ठेरोमा पर्ने देखिएको छ । यही अजोज ३ गतेभित्र फाईनान्सिएल क्लोजर बुझाउनु पर्ने समयसीमा भएको जिएमआरले सो सीमाभित्र लगानी जुटाउन नसकेपछि आयोजना नै अन्योलमा परेको हो । लगानीबोर्डबाट आयोजना निर्माणको जिम्मेवारी पाएको जिएमआले यही असोज ३ भित्र लगानी जुटाउन नसक्ने भएपछि पुनः म्याद थपका लागि लगानी बोर्डमा आवेदन… विस्तृत समाचार

​१११ मेगावाट–रसुवागढी अयोजनाको मुख्य सुरुङ छिचोलियो

काठमाडौं ।  रसुवामा गोसाईकुण्ड नजिकै निर्माणाधिन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग सोमबार विहान छिचोलिएको छ । जल विद्युत उत्पादनमा मुख्य चुनौतिकोरुपमा लिने गरिएको सुरुङमार्ग निर्माणको काम सम्पन्न भएपछि आयोजना अब छिट्टै सम्पन्न हुने विश्वास गरिएको छ । रसुवागढी जलविद्युत आयोजना गोसाइकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा रहेको सुरुङमार्ग छिचोलिएको हो ।  सुरुङमार्ग छिचोलिएपछि अब तोकिएकै समयमा विद्युत उत्पादन हुने कम्पनीले… विस्तृत समाचार

​नर्भिकमा वाणिज्य बैंकका कर्मचारी, कार्ड होल्डर ग्राहक र तिनका परिवारलाई विशेष सुविधा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य वैंकका कर्मचारी, कर्मचारी प्रिइम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा वैंकको डेविट कार्ड होल्डर ग्राहकहरु र तिनका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने भएका छन् । सो सम्बन्धमा नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकवीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट… विस्तृत समाचार

एसबिआई मर्चेन्ट बैंकिङले ​नेपाल–एग्रो माइक्रो फाइनान्सको सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल–एग्रो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर निष्कासनका लागि नोपल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । माइक्रो फाइनान्सले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) गर्न लागेको हो । साधारण सेयर निष्कासनको सम्झौतामा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।  नेपाल–एग्रो माइक्रो फाइनान्सले एक सय अंकित मूल्य भएको… विस्तृत समाचार

​खराब कम्पनीहरु भटाभट शेयर जारी गर्दै

काठमाडौं । ऋणधन जे जस्तो गरेर भएपनि गरेर शेयर खरिद गर्ने बानी परेका नेपालीहरुलाई झुक्याउने नियतसाथ केही कम्पनीहरुले यसै साताबाट शेयर जारी गर्दैछन् । आईपिओ खरिद गर्नका लागि मरिहत्ते गर्ने नेपाली लगानीकर्ताले आउँदो बिहिवारदेखि एउटा नयाँ शेयर खरिद गर्ने अवसर पाउँदैछन् । आँखुखोला जलविद्युत कम्पनीले निकाल्न लागेको शेयर पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको सात लाख ५० हजार कित्ता शेयर बिक्री शुरु हुँदैछ ।… विस्तृत समाचार

​भोलिदेखि अस्टे«लियन शैक्षिक मेला

काठमाडौं । यतिबेला राजधानी काठमाडौंमा भटाभट शैक्षिक मेला लाग्ने क्रम सुरु भएको छ । मध्य साउनबाट अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि सबै जानकारी एउटै छानामुनी दिने उद्देश्यले ‘अल्फाबिटा २०१८ अस्टे«लियन एजुकेशन फेयर’ सुरु हुँदैछ ।  राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा यही साउन १६ गते बुधबार हुने एक दिने मेलालाई नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त माछापुच्छ«े बैंकको प्रायोजनमा हुन गइरहेको अल्फाबिटाका… विस्तृत समाचार