जलस्रोत

रानीपोखरीको माटो परीक्षण गरिने

काठमाडौं, २५ माघ । रानीपोखरीको माटो परीक्षण गरिएपछि मात्र सफा गर्ने काम सुरु गरिने भएको छ ।  रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जाँच गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।  गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा… विस्तृत समाचार

​देशभर ५ हजारभन्दा बढी खानेपानी आयोजना

काठमाडौं, १६ माघ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ ।  विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले सबै जनतालाई आधारभूत खानेपानी पु¥याउने उद्देश्यका साथ पाँच हजार १८७ आयोजना सञ्चालन गर्न लागेकोे जानकारी दिए । भने– “८० प्रतिशत… विस्तृत समाचार

​विद्युत् चोरी रोक्न २५०० सरुवा

काठमाडौं, १३ माघ । मिलेमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढ्दो चुहावट घटाउन विद्युत् प्राधिकरणले क्षेत्रीय वितरण तथा ग्राहक सेवा कार्यालयका करिब २ हजार ५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चुहावट घटाउन आठवटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो । कान्तिपुर दैनिकमा खबर छ। चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीको… विस्तृत समाचार

आयोजनाको बजेट खोस्ने दुई मन्त्रीको दाउ

काठमाडौं, ११ माघ । गृहमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबाबमा भेरी बबई डाइभर्सन आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तरण गर्ने तयारी गरिएको छ। सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरेको छ । नागरिक दैनिकमा खबर छ । आयोजनाले खर्च गर्न नसकेको निहुँमा उक्त रकममध्येको ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तरण गरी नेपाली कांग्रेसबाट बनेका… विस्तृत समाचार

माथिल्लो अरुण विश्व बैंकले अड्कायो

काठमाडौं, ९ माघ । विदेशी दाताको भर पर्दा नेपालका रणनीतिक महत्वका पूर्वाधार निर्माण कतिसम्म ढिला हुन्छन् भन्ने पछिल्लोपटक बहुपक्षीय दातृ निकाय विश्व बैंकको कार्यशैलीले देखाएको छ । अरुण तेस्रोमा २१ वर्षअघि हात झिकेको विश्व बैंकले सोही नदीमा अर्काे आयोजना माथिल्लो अरुण (हाल ३३५ मेगावाट) मा चासो देखाएको आठ वर्ष बितिसकेको छ तर अहिलेसम्म परामर्शदाता नियुक्त हुनसकेको छैन । उसले माथिल्लो अरुणको अध्ययन, विस्तृत आयोजना प्रतिवेदन,… विस्तृत समाचार

भारतलाई विद्युत् बेचेर ११ खर्ब आम्दानी गर्ने लक्ष्य

काठमाडौं, ७ माघ । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्से्नि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ । कारोबार दैनिकमा खबर छ । सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ ।  अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी÷ईआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च… विस्तृत समाचार

​भारतको बिजुली पहिलोपटक काठमाडौंमा

काठमाडौं, ५ माघ । भारतबाट आयातीत २० मेगावाट बिजुली पहिलोपटक काठमाडौं उपत्यकामा भित्रिएको छ ।  प्रसारण लाइनको अभावमा भारतबाट नेपालले विभिन्न नाका हुँदै ३ सय ५० मेगावाट विद्युत् आयात गरिरहे पनि पहिलोपटक मंगलबार साँझ ६ः०२ बजे राजधानी काठमाडौंमा भित्रिएको हो । कारोबार दैनिकमा भीम गौतमले समाचार लेखेका छन् ।  २२० केभीको खिम्ती–ढल्केबर प्रशारणलाइन निर्माण सम्पन्न भएपछि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनमार्फत यो बिजुली आएको हो ।… विस्तृत समाचार

​पश्चिम सेतीको बाटो खुल्यो

काठमाडौं, ४ माघ । ७ सय ५० मेगावाट क्षमताको बहुचर्चित पश्चिम सेती जलाशययुक्त आयोजना अघि बढाउने बाटो खुलेको छ । चिनियाँ कम्पनी थ्री गर्जेज र विद्युत् प्राधिकरणबीच संयुक्त लगानीमा पश्चिम सेती आयोजना विकास गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएपछि मुलुकमा डेढ खर्ब लगानी भित्रिने वातावरण बनेको छ । पश्चिम सेतीबाट सुक्खायामको बढी बिजुली माग हुने साँझमा ४ र बिहान २ गरी ६ घण्टामा ७ सय ५०… विस्तृत समाचार

उपत्यकाको जमिन भासिने खतरा

काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन् । भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको… विस्तृत समाचार

जलविद्युत् आयोजनाको सेयर अब चाहेजति

काठमाडौं, २६ पुस । जलविद्युत् विकासका लागि आमसर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ ।    सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ । सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे ।  यसअघि जलविद्युत् आयोजनामा लगानी गर्न चाहने कुनै पनि व्यक्तिले निश्चित बैङ्क तथा वित्तीय संस्थामा लाइनमा बसेर सेयर फाराम… विस्तृत समाचार