जलस्रोत

जलाशयमाथि सोलार निर्माण योजना अलपत्र

Sketch source : karobar daily काठमाडौं, १ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले मुलुककै एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको तालमाथि सौर्य ऊर्जा (सोलार) निर्माण गर्ने योजना सार्वजनिक गरे पनि कार्यान्वयनको भने सुरसार देखिएको छैन । ऊर्जा संकट न्यूनीकरणका लागि भन्दै एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित भएको खबर भीम गौतमले कारोबार दैनिकमा लेखेका छन् ।  प्राधिकरण व्यवस्थापनले विगतमा विश्व बैंकलाई पत्र लेखेरै आयोजना… विस्तृत समाचार

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण अन्योलमा

काठमाडौं, ३० असोज । रसुवाको गोल्जुङ–२ थम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको सबस्टेसन निर्माण जग्गाको मुआब्जा विवादले अन्योलमा परेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले प्रचलित मूल्यभन्दा निकै महँगो दाबी गरेको खबर कारोबार दैनिकमा छापिएको छ । चिलिमे–त्रिशूली प्रशारण लाइन परियोजनाले जग्गाधनीलाई प्रतिआना ८० हजारदेखि १ लाख रुपैयाँ दिन सहमति जनाए पनि २ लाख रुपैयाँदेखि २… विस्तृत समाचार

१ अर्ब २८ करोड ९० लाख युनिट विद्युत् चुहावट

काठमाडौं, २० असोज । मुलुकमा बर्सेनि विद्युत् चुहावट नियन्त्रणका कार्यक्रम सार्वजनिक भइरहे पनि परिणाम भने शून्यप्रायः रहेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणमा वार्षिक १० अर्ब ६२ करोड १३ लाख बराबरको १ अर्ब २८ करोड ९० लाख युनिट बिजुली चुहावट हुने गरेको खबर कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।      प्राविधिक र अप्राविधिक (चोरी) चुहावटसहित  प्राधिकरणमा यति ठूलो परिमाणमा विद्युत् चुहावट हुने गरेको… विस्तृत समाचार

आयात नगर्दै बिजुलीको भाउ बढाउने भारतीय प्रस्ताव

काठमाडौ, १८ असोज । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ । सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो । नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत… विस्तृत समाचार

कर्णाली नदीेको पुल

कैलाली चिसापानीको कर्णाली नदीमा बन्दै गरेको कुलरिया रानीजमरा सिँचाइ आयोजनाको मुहान र एउटा खम्बामा बनेको कर्णाली नदीेको पुल । यो सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।  विस्तृत समाचार

कालीगण्डकी प्रसारण करिडोरको सबस्टेसन निर्माण सुरु

फलेवास (पर्वत), १६ असोज । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ ।  आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित २२०÷१३२÷३३ केभी सबस्टेसनको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको आयोजनाले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटमा स्थापना हुने सब–स्टेसनको… विस्तृत समाचार

​मध्य मर्स्याङदी रोकेर माथिल्लोको किन्ने तयारी

काठमाडौं, ९ असोज । निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मर्स्याङ्दी ‘ए’आयोजनाबाट उत्पादित बिजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्य मर्स्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ । माथिल्लो मर्स्याङ्दीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मर्स्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको कारोबार दैनिकमा समाचार छ । सयममै प्रसारण लाइन नबानाउँदा मस्र्याङदीको विद्युत… विस्तृत समाचार

​चमेलिया सुरुङ बनाउन जनार्दन शर्माकै पहल

काठमाडौं, ७ असोज । सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको काम अघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ । जनार्दन शर्मा लेखा समिति सभापति रहेका बेला चमेलिया सिभिलतर्फको कार्यका लागि भेरियसनामा अनियमतितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध भएको कारोबार दैनिकमा समाचार छ । विहीबार ऊर्जामन्त्री रहेका उनै… विस्तृत समाचार

ऊर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमै अड्कियो

काठमाडौं, ५ असोज । १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष कार्यान्वयनका लागि ल्याउनुपर्ने ऊर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ । ८ फागुन २०७२ मा मन्त्रिपरिषदले पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजनाले तीन महिनाभित्र ऊर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अड्किएको कारोबार दैनिकमा समाचार छ । मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेको ७ महिना वितिसकेको… विस्तृत समाचार

जलविद्युतमा ६० लाख ३० हजार कित्ता सेयर खुल्दै

काठमाडौं, ४ असोज । पाँचवटा जलविद्युत कम्पनी र एउटा लघुवित्त संस्थाले प्रारम्भिक सेयर निष्काशन गर्दै छन् । आईपीओ निष्काशन अनुमतिका लागि ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउँछ । ती कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ६० करोड ३० लाख रुपैयाँ बराबरको ६० लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । सामान्यतया… विस्तृत समाचार