​गण्डकी प्रदेशमा सेञ्चुरीको एकैसाथ आठ नयाँ शाखा सञ्चालनमा

दृष्टि न्यूज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले प्रदेश कार्यालयसँगै गण्डकी प्रदेशअन्तर्गत ८ वटा शाखा कार्यालयहरू एकैसाथ सञ्चालनमा ल्याएको छ । प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । 
बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौँडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । ८ वटै शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय व्यवसायीहरू तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको उपस्थिति थियो । शाखा कार्यालयहरूको उद्घाटनपश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर ९१ शाखाहरू र २ एक्सटेन्सन काउन्टर साथै १० शाखारहित बैंकिङ गरी जम्मा १ सय २१ स्थानबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

Related News