छविराज ओझा र शिल्पाको आगामी बैशाखमा बिहे !

काठमाडौं, २१ माघ । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ । रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए । 
नयाँ फिल्म ‘मंगलम’ को प्रचार प्रसारका क्रममा नेपालगन्ज पुगेका ओझाले फिल्म रिलिजपछि वैवाहिक जीवनमा बाँधिने बताएका हुन् । शिल्पासँग फिल्म क्षेत्रमा सफलता पाएपछि व्यक्तिगत जीवनसमेत सफल हुने निश्चित गरी विवाह गर्ने योजनामा पक्का भएको निर्माता ओझाले सञ्चारकर्मीलाई बताएका छन् । 

Related News