​चन्द्रपुरमा मतअन्तर घटाउदै एमाले

रौतहट, ४ असोज । 
रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेले कांग्रेससँग मतअन्तर घटाउदै लगेको छ ।  पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले मेयर पदमा ३ हजार २ सय ४० मत ल्याएको छ भने एमालेले ३ हजार ८१ मत प्राप्त गरेको छ । जसअनुसार कांग्रेस १७९ मतले मात्र  अगाडि छ , त्यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ हजार ५ सय ५२ मत प्राप्त गरेको छ ।
उपमेयरमा भने एमालेको अग्रता छ । एमालेले उपमेयरमा ३ हजार २ सय ६० मत ल्याउँदा कांग्रेसले ३ हजार ८९ मत ल्याएको  । माओवादी केन्द्रको उपमेयरमा २ हजार ३ सय ४७ मत रहेको छ ।

Related News