३० लाखको प्रलोभनमा यसरी गुम्यो ५ लाख

काठमाडौं, २८ असार  
३० लाखको प्रलोलनमा पर्दा एक व्यक्तिको ५ लाख रुपैयाँ गुमेको छ । अमेरिकन डलर साटी दिन्छु   गोर्खा धोर्जे नगरपालिका बस्ने ३० वर्षीय कबिराज सुनार लगायतले ठगी गरेका हुन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुनार लगायत ३ जनाको समूहले गोरखा फुजेल–६ घर भएका ४६ वर्षीय कृष्ण पन्तलाई ललाईफकाई गरी हामीसँग अमेरिकन डलर ३० हजार छ भनि पन्तको साथमा रहेको नगद ५ लाख रुपैयाँ ठगी गरी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका मुलपानीबाट फरार भएका थिए । सस्तोमा डलर साटिदिने भन्दै उनीहरुले ठगी गरेका थिए । 

Related News