​चिल्ड्रेन होमलाई हिमालयन बैंकको सहयोग

दृष्टि न्यूज

काठमाडौं, २७ पुस । हिमालयन बैंकले सिआरएस तथा २५औँ वार्षिकोत्सव अवसरमा नागार्जुन नगरपालिका सीतापाइला, आदेश्वरस्थित ‘हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होम’का बालबालिकालाई सहयोग प्रदान गरेको छ ।
बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
बैंकले चिल्ड्रेन होमका २१  बालबालिकालाई लुगा, ट्र्याकसुट तथा चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, बिस्कुट प्रदान गरेको छ । चिल्ड्रेन होमले मुलुकका विभिन्न स्थानका अनाथ बालबालिकालाई आश्रय दिँदै आएको बैंकले जनाएको छ ।

Related News