चीनले नौ देशमा राजदूत पठायो, नेपालमा यु होङ


बेइजिङ (चीन), २३ कात्तिक । चीनले नेपाललगायत नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । 

चिनियाँ नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले नियुक्त गरेको चीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताईको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ । यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ । रासस/सिन्ह्वा 
 

Related News