​ओलीको सत्तारोहणसँगै चिनियाँ सक्रियता बढ्यो

दृष्टि न्यूज

काठमाडौं, ८ फागुन । दुई ठूला कम्युनिष्ट पार्टीकाबीचमा एकता गर्दै मुलुकको स्थायी शक्ति निर्माण सहित एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै चिनियाँ सक्रियतामा ह्वात्तै बृद्धि भएकोछ । 
अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्रीमा निर्वाचित भएको ७२ घण्टाभित्रैमा चीनले काठमाडौंसम्मको रेल निर्माणको प्रस्ताव अघि सार्न भनेको छ भने नेपालमै पेट्रोलियम पदार्थको अनुसन्धानको लागि टोली नेपाल पठाउने तयारी सुरु भएको छ । त्यति मात्रै नभई चिनियाँ राष्ट्रपति सि झिनपिङको नेपाल भ्रमणबारेमा समेत चर्चा सुरु भएको छ । 
छिमेकी मित्रराष्ट्र चीनले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे निर्माण गर्ने सम्बन्धमा यसअघि नै सहमति भइसकेको छ । ओली प्रधानमन्त्री बनेको केही दिनभित्रैमा सो सम्बन्धी ठोस प्रस्ताव मागेको हो । पहिलो पटक ओली प्रधानमन्त्री हुँदा करिव दुई वर्ष अघि नेपाल–चीन पारवहन साथै अन्तरदेशीय रेल्वे सम्झौता भएको थियो । नेपालमा तिब्बतबाट रेल ल्याउने भन्दै नेपालसँग चीनले ठोस प्रस्ताव मागेएको चिनियाँ उच्च अधिकारीलाई प्राप्त समाचारमा उल्लेख छ । 
यसअघि चिनियाँ लगानीकर्ता र प्राविधिक टोलीले रेलमार्गको सम्भावनाबारे नेपालमा स्थलगत अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन तयार गरिसकेको छ । गत मंसिर १० र २१ मा सम्पन्न भएको निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई नजिक सिट आएपछि अध्यक्ष ओली प्रधानमन्त्री बन्नु अघि नै चीनको रेल आईपुग्ने रसुवाको केरुङ नाका भ्रमण गरेका थिए । 
चीनले मागेको प्रस्ताव कर्मचारीहरु सूचना चुहाएर रातारात दिल्ली पु¥याउन समेत भ्याइसकेका छन् । नेपालको कर्मचारी प्रशासनले सबै सूचना चुहाएर दुताबास र दिल्लीलाई बिक्री गरी दोहोरो तलव खाने गरेको आरोप लाग्दै आएको छ । चिनियाँ अधिकारीहरुले रेल निर्माणको सम्बन्धमा ठोस प्रस्ताव मागेपछि योजना तर्जुमा गर्नुको साटो सूचना चुहाउन भ्याईसकेका छन् । 

Related News