चीन संग युद्ध भएमा अमेरिका हार्न सक्ने

दृष्टि न्यूज

यदि चीन संग युद्ध भएमा अमेरिका हार्न सक्ने रिपोर्ट अमेरिकी संसदको एक आयोगले दिएको छ । नेशनल डिफेन्स स्ट्रेटेजी कमिशन(राष्ट्रिय प्रतिरक्षा रणनीति आयोग)ले दिएको रिपोर्टलाई उद्धृत गर्दै अमेरिकाको चर्चित पत्रिका वासिंगटन पोष्टले प्रकाशित गरेको समाचारमा सो कुरा जनाइएकोछ ।

सो रिपोर्टमा भनिएको छ “अमेरिकी सेनाले आगामी द्वन्दमा अस्वीकार्य उच्च क्षति र प्रमुख पूँजीगत सम्पति हार्न सक्नेछ । यसले चीन वा रुस संगको युद्धमा विजयका लागि संघर्ष गर्न सक्नेछ वा शायद हार्न पनि सक्नेछ । ”

त्यसमा भनिएको छ कि दुई वा दुई भन्दा वढी मोर्चाहरुमा युद्ध गर्न प¥यो भने अमेरिका उच्च जोखिममा हुनेछ ।

सो आयोगले भनेको छ कि अमेरिकाले ७१६ विलियन डलर वरावर यसपाली रक्षा वजेट वनाएप्िन चीन र रुसले अमेरिकालाई हराउन सक्ने सम्भावना छ । यो वजेट चीनको भन्दा चार गुणा र रुसको भन्दा १० गुणा वढी छ । 

यस रिपोर्टले अमेरिका चीन रुस वीचको सैन्य प्रतिस्पर्धा अझ वढ्न सक्ने संकेत गर्दछ । विश्वका वहुसंख्यक जनता गरिवीमा पिल्सिरहे पनि सैन्य क्षेत्रमा अत्यधिक खर्च गर्ने र विश्वलाई वन्दुकको छायाँमा राख्नेमा ठुला देशहरु नै अग्र पंक्तिमा रहेको देखाउँछ । 

Related News