​चीन–अमेरिका सम्बन्ध नयाँ मोडमा, अमेरिकालाई कडा चेतावनी

दृष्टि न्यूज

काठमाडौं । 
चीन र अमेरिकाबीचको करयुद्ध नयाँ चरणमा प्रवेश गर्ने संकेत गरेको छ । चीनियाँ सेनामाथि अमेरिकाले शुक्रबार प्रतिबन्धको घोषणा गरेपछि चीनले कडा शब्दमा अमेरिकी कदमको भत्र्सना गर्दै चेतावनी दिएको हो । 
चीनले रसियासँग जहाजभेदी क्षेप्यास्त्र खरिद गर्ने निर्णय लगत्तै अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । शुक्रबारै पेन्टागनले गरेको यस्तो निर्णयको बेईजिङ तत्काल जवाफ फर्काउँदै चिनियाँ जनमुक्ति सेनामाथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न चेतावनी दिएको हो । चीनले आप्mनो सेनामाथि अमेरिकाले लगाएको प्रतिबन्धको कारण उत्पन्न परिणामको जिम्मेवार अमेरिका स्वयम् हुनुपर्ने कडा चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ । 
अमेरिकाले सन् २०१४ मा युक्रेनको क्रिमिया विवादका कारण रसियामाथि प्रतिबन्ध लगाउँदै आएकोछ । अर्कोतर्फ अमेरिका र चीनबीचको कर युद्धमा अब हतियार तथा रसिया समेत प्रवेश गरेपछि नयाँ मोड लिने आशंका गरिएको छ ।

Related News