एमाले-माओवादी एकतापछिको नयाँ पार्टी, चुनाव चिह्न : सुर्य

दृष्टि न्यूज

काठमाडौ , ३ जेठ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । 

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

नाम : नेपाल कम्युनिष्ट पार्टी 
सिद्धान्त :माक्र्सवादी लेनिनवादी 
मार्गदर्शक सिद्धान्त : जनताको जनवाद 
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल
केन्द्रीय कमिटी : ४४१ सदस्यीय 
केन्द्रीय समितिमा : एमालेवाट २४१ र माओवादीबाट २००  स्थायी कमिटी : ४३ सदस्यीय 
स्थायी कमिटीमा प्रतिनिधित्व : एमालेबाट २५ र माओवादीबाट १८ चुनाव चिह्न : सुर्य 
 

Related News