अख्तियारको नाममा दूरसंचारमा दादागिरी

काठमाडौं, २७ असार । दूरसंचार क्षेत्रका उपकरण आपूर्तिमा चलखेल हुने गरेको छ । दूरसंचार क्षेत्रको बारेका कोही पनि जानकार नहुने भएकाले केही ब्यक्तिहरुको मनोपोली चल्दैआएको छ । सरकारको स्वामित्व भएको नेपाल टेलिकममा सामान आपूर्ति गर्दैआएका  धर्मराज उपाध्याय(डीआर)ले टेलिकमका केही भ्रष्ट अधिकारीको मिलेमतोमा गुणस्तरहीन सामान आपूर्ति गर्दैआएका छन् । उनले टेलिकममा बीटीएस टावर, अप्टिकल फाइबर लगायतका करोडौंका सामान आपूर्ति गरेका छन् । उनले आपूर्ति गरेका उपकरण गुणस्तरहीन भएपछि पछिल्लो समयमा नेपाल टेलिकम लगायतका निकायले खरिदमा रोक लगाएको छ । गुणस्तरहीन सामान खरिद नगरेपछि ठेकेदार डीआर उपाध्यायाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतको नाम बदनाम गर्दै टेलिकमका अधिकारीहरुविरुद्ध नक्कली उजुरबाजुर गर्न थालेका छन् । डीआर उपाध्यायको जगदम्बा इन्टरनेशन प्रालिबाट दूरसंचार क्षेत्रमा उपकरण आपूर्ति गर्दैआएका उपाध्यायले अख्तियारका प्रमुख आयुक्तको बदनाम गर्दै करोडौंको ब्यापार गर्दैआएका छन् । जगदम्बा जस्ता संस्थाले गुणस्तरहीन सामान आपूर्ति गर्दा दूरसञ्चार क्षेत्रमा प्रयोग भएका उपकरणको गुणस्तर खस्कँदै जाँदा यो क्षेत्रप्रति नै जनविश्वास गुम्दै गएको छ । भारतको बैरगनियामा जन्मेका उपाध्याय भारतबाट गुणस्तरहीन पानपराग, गुट्खा जस्ता सूर्तिजन्य पदार्थदेखि मदिरा समेत तस्करी गरी ल्याउने र नक्कली ट्रे्डमार्क प्रयोग गरेको अभियोगमा जेल समेत परिसकेका ब्यक्ति हुन् । नक्कली ट्रेडमार्क प्रयोग गरेको आरोपमा पक्राउ परेर छुटेपछि उनी दूरसंचार क्षेत्रको उपकरण आपूर्ति गर्न थालेका हुन् ।  
ठेकेदार उपाध्यायले आपूर्ति गरेका बिटिएस, अप्टिकल फाइवरलगायतका सामाग्री गुणस्तरहीन भएको थुप्रै उजुरी अख्तियारमा परेपछि टेलिकमले सामान खरिदमा रोक लगाएको छ । अख्तियारमा उनले आपूर्ति गरेका सामान गुणस्तरहीन भएको उजुरी एकातिर परेको छ अर्कोतिर उनी अख्तियारकै प्रमुखको नाम लिंदै टेलिकमका अधिकारीलाई कारबाही गर्ने भन्दै लागेका छन् । ामान खरिदमा रोक लगाएपछि ठेकेदार उपाध्याय टेलिकम नेतृत्वविरुद्ध उत्रिएका छन् । देशमा सबैभन्दा धनी संस्थाका रुपमा चिनिएको टेलिकममा कामिनी राजभण्डारी प्रबन्ध निर्देशक छिन् । 

Related News