​सिटिजन्स बैंक र दीर्घायु गुरु अस्पतालबीच सहकार्य

दृष्टि न्यूज

काठमाडौं । सिटिजन्स बैंक र दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका थिए । 
सम्झौतापश्चात् बैंकका डेबिट–क्रेडिट कार्डबाहक तथा कर्मचारीले दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 
सिटिजन्स बैंकले देशभर ७४ शाखा, ७० एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ । 

Related News