​सिटिजन्स बैंक र मेडिसिटी अस्पतालबीच सहकार्य

दृष्टि न्यूज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल मेडिसिटी अस्पताल भैसेपाटीबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा आयोजित उक्त समारोहमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकवर्गहरूले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । 
सिटिजन्स बैंकले देशैभरी फैलिएका  ७४  वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ । 

Related News