​सिटिजन्सको ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवा

काठमाडौं, २६ पुस । सिटिजन्स बैंकले पुरानो मोबाइल बैंकिङ सेवामा स्तरोन्नति गरेको छ । बैंकले नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सुरु गरेको हो ।
यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जिपिआरएस वा वाइफाई प्रयोग गरेरसमेत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिचार्ज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसएल आदिको रकम भुक्तानी गर्न तथा सिटिजन्स बैंकमा रहेको खाताबाट सिटिजन्स बैंकमै रहेको अर्को खातामा वा कुनै अर्को बैंकको खातामा रकम ट्रान्सफर गर्न सकिनेछ । त्यस्तै स्कुल, कलेज आदिको शुल्क तिर्न र क्रेडिट कार्डको रकम भुक्तानी गर्नसमेत सकिने बैंकले जनाएको छ ।
एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘सिटिजन्स स्मार्ट बैंकिङ’ एप प्लेस्टोरमा गएर डाउनलोड गर्न सक्नेछन् । आइफोन प्रयोगकर्ताका लागि भने केही समयपछि मात्र यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

Related News