​सिटी एक्सप्रेस साकोसको नवौँ साधारणसभा सम्पन्न

दृष्टि न्यूज

काठमाडौं । यही कात्तिक १६ गते सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वरस्थित इन्द्रेणी व्याङ्क्वेटमा बसेको  नवौँ वार्षिक साधारणसभाले हेमबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति र तीन जनाको लेखा समिति चयन गरेको छ । 
संस्थाले सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यवस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय र यस संस्थाको कामनपा वडा नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनको भवन निर्माण गर्न सञ्चालक समितिले साधारणसभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले  पारित गरेको छ । 

Related News