​श्रेष्ठ र सुवेदीको जोडीले जित्यो कस्मिक ब्याडमिन्टन प्रतियोगिता

काठमाडौं, ३ असोज । कस्मिक इन्टरनेशल एकेडेमी कोटेश्वरको आयोजनामा कस्मिक आन्तरिक ब्याडमिन्टन प्रतियोगितामा रामकुमार श्रेष्ठ र श्याम सुवेदीको जोडीले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी नविन प्रधान, ईश्वरीप्रसाद वस्तीले दोस्रो स्थान प्राप्त गरेका छन् भने दीपक भारती र प्रविण श्रेष्ठको जोडीले तेस्रो स्थान हासिल गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको बिजेता खेलाडीहरुलाई अतिथिहरु माधवप्रसाद आचार्य र कस्मिका प्रिन्सिपल अर्जुन खत्रीले संयुक्त रुपमा ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । बडा दशैं र शुभ दीपावली २०७४को अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । 

Related News