​एमालेमा सात सय भन्दा धेरै नेताले पाए जिम्मेवारी



काठमाडौं, २२ जेठ । महाधिबेशनको करिब २ वर्षपछि नेकपा (एमाले) ले ३१ वटा विभागलाई पूर्णता दिएको छ । पार्टी महासचिव ईश्वर पोखरेल नेतृत्वको टिमले विभागलाई पूर्णता पाएको हो । विभागमा पूर्णतासँगै सात सय भन्दा धेरै नेताहरुले जिम्मेवारी पाएका छन् । 
एमालेले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा ३१ वटै विभागका प्रमुख, उपप्रमुख र सदस्यहरुको नाम सार्वजनिक गरेको छ । पार्टी   इश्वर पोखरेल र बरिष्ठ नेता झलनाथ खनालसहित सबै नेताको उपस्थितिमा विभागका सदस्यहरुको नाम सार्वजनिक गरिएको छ । पार्टीको संगठनात्मक कामहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने सन्दर्भमा विधानले तय गरेअनुरुप केन्द्रीय निकाय तथा विभागहरुको गठन गर्दै आएको जनाइएको छ । एमालेको केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग महाधिवेशनबाटै निर्वाचित गर्ने वैधानिक व्यवस्था रहेको छ भने सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा केन्द्रीय विभागहरुको गठन केन्द्रीय कमिटीले गर्ने व्यवस्था रहेको छ । 
२०७१ असारमा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनको केही समयपश्चात् नै केन्द्रीय सल्लाहकार परिषद्को गठन गरिएको छ भने केन्द्रीय सदस्यहरुको कार्यविभाजनअन्तर्गत विभागमा प्रमुख तथा केही विभागमा उप–प्रमुख र सचिवको व्यवस्था पनि भइसकेको एमालेले जनाएको छ । 
केन्द्रीय विभागमा सदस्यहरुको मनोनयनका बारेमा पार्टीमा पटक–पटक छलफल भएपश्चात् ०७२ चैतको अन्तिम तथा २०७३ वैशाखको पहिलो हप्तामा सम्पन्न भएको पार्टी केन्द्रीय कमिटीको छैठौं बैठक तथा स्थायी समितिको बैठकले उक्त काम सम्पन्न गर्नको लागि पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल गठन गरेको थियो । सम्बन्धित विभागका प्रमुख र उपप्रमुखहरुसँग परामर्श गरी विभागका सदस्यहरुको मनोनयन टुंग्याउने कार्यादेश प्राप्त उक्त कार्यदलले यसबीचमा विभागका प्रमुख र उपप्रमुखसँग छलफल र परामर्श गरी ३१ वटा विभागमा सदस्यको मनोनयन टुंगो लगाएको छ । विभाग मनोनयनमा केही असन्तुष्टि भने देखिएको छ । 
संस्थापन पक्षका नेता प्रमुख रहेका विभाग
स्कुल– केपी शर्मा ओली
संगठन– पृथ्वी सुब्बा गुरुङ
पर्यटन प्रवद्र्धन– सूर्य थापा
आर्थिक विभाग– विष्णु रिमाल
संसदीय विभाग– सुवासचन्द्र नेम्वाङ
युवा तथा खेलकुद विभाग– कर्णबहादुर थापा
उद्योग तथा वाणिज्य विभाग– मुकुन्द न्यौपाने
संस्कृति विभाग– खगेन्द्र राई
उपभोक्ता हित संरक्षण तथा सुशासन– घनेन्द्र बस्नेत
सामाजिक सेवा– डा. विजय सुब्बा
स्थानीय विकास– किरण गुरुङ
पुस्तकालय ता अभिलेख– काशीनाथ अधिकारी
स्वास्थ्य तथा जनसंख्या– सुजिता शाक्य
जलस्रोत तथा ऊर्जा– प्रदीप नेपाल

नेपाल पक्षका नेता प्रमुख रहेका विभाग
वैदेशिक मामिला– माधवकुमार नेपाल
प्रचार– योगेश भट्टराई
राजकीय मामिला– भीमप्रसाद आचार्य
विज्ञान तथा प्रविधि– डा. वंशीधर मिश्र
श्रम तथा रोजगार– प्रकाश ज्वाला
शिक्षा तथा मानवस्रोत– गंगालाल तुलाधर
न्याय तथा कानुन– रघुजी पन्त
सामान्य प्रशासन– ममता गिरी
अर्थ तथा योजना– सुरेन्द्र पाण्डे
राष्ट्रिय सुरक्षा– तुलबहादुर गुरुङ
सहकारी तथा गरिबी निवारण– पशुपति चौलागाईं
सहरी विकास– श्रीमाया थकाली
भौतिक पूर्वाधार तथा यातायात– डा. विजय पौडेल
कृषि तथा भूमिसुधार– ठाकुर गैरे
निर्वाचन– राजेन्द्रप्रसाद पाण्डे
वन तथा वातावरण– नागेन्द्र चौधरी
संघीय मामिला विभाग– पर्शु मेघी गुरुङ  

Related News