​विश्व रेकर्ड बनाएको १२ वर्षपछि आज म्यानमारविरुद्ध भिड्दै नेपाल

दृष्टि न्यूज

काठमाडौं, १७ असोज । 
सन् २००६ को एसिसी ट्रफीमा नेपाल समूह ’सी’ मा म्यानमारविरुद्धको खेलमा ठूलो अन्तरले पराजित गरेर विश्व रेकर्ड बनाएको नेपालले आज १२ वर्षपछि सोही देशविरुद्ध प्रतिस्र्पा गर्दै छ । 

  २००६ अगस्ट २०  भएको खेलमा नेपालल म्यानमार १२.१ ओभरमा १० रनमै अलआउट भयो। म्यानमारका कुनै पनि ब्याट्सम्यानले २ रन समेत जोड्न सकेनन्। नेपाली बलरसामूह निरिह बनेका म्यानमारका ५ ब्याट्सम्यान १ रनमा आउट भए। ६ ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्कन बाध्य भए।  
म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका मेहबुब आलामले ७ विकेट लिएका थिए। उनले ६.१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिए। बाँकी ३ विकेट विनोद दासले हात पारे। दासले ६ ओभरमा ४ रन खर्चिएका थिए। दासले २ मेडन र आलामले ३ मेडन फ्याँकेका थिए।   
बलिङमा सनसनी मच्चाएको नेपालले ११ रनको लक्ष्य केवल २ बल खेलेर पार गरेको थियो। २ बलमा लक्ष्य पार गर्दा विश्व रेकर्ड बनेको थियो। खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र धिरेन्द्र चन्द थिए। दुवैले १–१ बलको सामाना गर्दा समान नटआउट ३–३ रन बनाएका थिए। बाँकी पाँच रन नेपालले वाइडबाट पाएको थियो।  

१२ वर्षपछि नेपाल र म्यानमारका सिनियर टिम मैदान उत्रदैछन्। आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र म्यानमारबीच  आज प्रतिस्पर्धा हुन लागेको हो। खेल मलेसियाको बायुमास ओभलमा हुँदैछ । 

१२ वर्षअघि म्यानम्यारविरुद्ध खेलेका ४ जना खेलाडी अहिले पनि नेपाली टिममा छन्। टी–२० विश्वकप खेल्न मलेसियामा रहेका पारस खड्का, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर १२ वर्षअघि म्यानमार विरुद्ध मैदान उत्रिएका थिए। चारै जनाले बलिङ र ब्याटिङ गर्ने मौका नपाए पनि ऐतिहासिक खेलमा फिल्डिङ गरेका थिए। 

Related News