​नेत्रहीनहरुको क्रिकेट प्रतियोगिता हुँदै

दृष्टि न्यूज

विराटनगर । नेत्रहीन क्रिकेट संघ नेपालले शहीद रंगशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता यही ५ मंसिरदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । 
प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बताए । विश्व नेत्रहीन क्रिकेट परिष्दको नेत्रहीन क्रिकेट खेल नियमअनुसार टि–२० ढाँचामा खेल खेलाइनेछ । 
यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने संघले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करीब रु सात लाख ५० हजार खर्च हुने बताइएको छ ।

Related News