​मलेसियासँग नेपाल १० विकेटले बिजयी, फाइनलमा हङकङसँग भिड्ने


काठमाडौं, ३१ भदौ । 
एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले आयोजक मलेसियामाथि १० विकेटको सानदान जितसहित फाइनलमा प्रवेश गरेको छ । जितसँगै नेपाल यू–एसीसी एसिया कपका लागि छनोट भएको छ । 
 योसँगै एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो । 
नेपालले उपाधिका लागि आइतबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  शनिबार भएको अर्काे सेमिफाइनल खेलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गरेर नेपालसँगको भेट पक्का गरेको हो ।  प्रतियोगितामा नेपाल हालसम्म कुनै टिमसँग पनि पराजित भएको छैन । 

Related News