अफिसबाट फर्कदा युवतीको अपहरण, एक पक्राउ

दृष्टि न्यूज

सुनसरी, २८ भदौ । 
अफिसबाट फर्कने क्रममा एक युवतीको अपहरण भएको छ । 
 अपहरण अभियोगमा मोरङ सुन्दर हरैचा नगरपालिका–१ बस्ने ३८ वर्षीय मोहन पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । 
ईटहरी उपमहानगरपालिका–१२ खनारस्थित रिलाईन्स फ्याक्ट्रीबाट काम गरी घर फर्कने क्रममा मोरङ सुन्दर हरैचा नगरपालिका–११ घर भएकी २८ वर्षीया सानु घिमिरेलाई पोख्रेलले मंगलबार अपहरण गरेका थिए । 
  घटनाको जानकारी प्राप्त भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ बबिया बिर्ताबाट बुधबार पोख्रेललाई पक्राउ गर्नुको साथै पीडित महिलाको उद्धार गरेको हो ।  

Related News