१३ वर्षदेखि फरार अभियुक्त बारा प्रहरीको फन्दामा

दृष्टि न्यूज

काठमाडौं, १२ मंसिर । 
१३ वर्षदेखि फरार रहेका अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । अंगभंग मुद्दामा बारा जिल्ला अदालतको मिति २०६२।३।०१ गतेको फैसला सदर हुने भनी  सर्वोच्च अदालतबाट मिति २०६८।०२।२४ मा भएको फैसला आदेशले २ वर्ष कैद ठहर भई फरार रहेका जिल्ला बारा साविक प्रष्टोका गा.बि.स.वडा नं.३ हाल प्रसौनी गा.पा.वडा नं. ४ बस्ने प्रतिवादी श्रभु भन्ने शम्भु साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ परेका अभियुक्तलाई अदालत पेश गरिएकोमा उनी जेल चलान भएको बाराका एसपी सानुराम भट्टराईले बताए । फरार अभियुक्त पक्राउ गर्न अभियान नै चलाइएको बारा प्रहरीले जनाएको छ । 

Related News