क्रसर उद्योगमा आगजनी

दृष्टि न्यूज

काभ्रे, २ वैशाख 
काभ्रेस्थित रोडाढुङ्गा खानीमा माथि अज्ञात समूहले आगजनी गरेको छ । नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित ब्लु साइन रोडाढुङ्गा खानीमा अज्ञात समूहले शनिवार विहान बिष्फोष्टसहित आगजानी गरेको छ । 
खानीमा रहेको दुई वटा स्काभेटर, केही टिफरमा आगजनी गरिएको छ । हतहतियारसहित आएको समुहले उद्योगमा रहेका केही मजदूर र सुरक्षागार्डहरूलाई बाहिर निकालेर आगजनी गरेका थिए ।  


घटना पछि बम डिस्पोजल टोलिसहित नेपाली सेनाको टोली समेत पुगेको थियो । नेपाल प्रहरीको टोलीले घटनाबारे छानबिन गरेर घटनास्थललाई नियन्त्रणमा लिएको छ । सो घटनामा नेकपाको संलग्नता रहेको आशंका गरिएको भएपनि सो सम्बन्धमा कुनै कुरा बाहिर आएको छैन भने सो पार्टीले जिम्मेवारी समेत लिएको छैन । उद्योगका संचालक विश्वास कार्कीले आक्रमणबाट दश करोडको क्षति भएको बताएपनि प्रहरीको प्रतिवेदन भने आउन बाँकी छ । 

Related News