साहित्यकार दाहाल यज्ञनिधिको निधन

दृष्टि न्यूज

काठमाडौं ।
साहित्यकार तथा बरिष्ठ रेयिोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ राजधानीमा निधन भएको छ । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएका दाहालको साँझ निधन भएको प्रगतिशिल लेखक संघका सचिव प्रकाश सिलवालले जानकारी दिएका छन् ।
रेडियो नेपालमा चर्चित जदौं कार्यक्रम सञ्चालन गरेका निधि नेपालमा झर्रो साहित्यकारको रुपमा समेच चर्चा कमाएका छन् ।
६५ वर्षीय यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो । थप उपचारको लागि सुमेरु अस्पताल लगिएकोमा शुक्रबार साँझ निधन भएको हो ।
 

Related News