​दैलेखमा चार रेक्टर स्केलको भूकम्प

दृष्टि न्यूज

काठमाडौं । 
पश्चिम नेपालको दैलेखमा आज अपरान्ह भूकम्प गएको छ । शुक्रबार १२ः५३ बजे दैलेखको भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको भुगर्भ विभागले जनाएको छ । 

भुकम्पबाट भौतिक वा अन्य क्षति भएको विवरण प्राप्त भएको छैन । यद्यपि भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Related News